बन्दना पोखरेल
रामपुर, असार ३ । पाल्पाको निस्दी गाउँपालिकामा किसानहरुलाई अलैंचीका बिरुवा वितरण गरिएको छ । शिक्षा, स्वास्थ्य र रोजगार पयर्टन सहितको पुर्वाधार प्रकृति र मगर संस्कृति निस्दीको आधार भन्ने मुल नारासहित बिकट निस्दीको मुहार फेर्न अहिले निस्दी बासी लागिपरेका छन् । निस्दी बासीको समृद्ध बन्ने चाहाना, गाउँपालिकाको सकृयता र नयाँ योजनाले केहि गर्न चाहाने कृषकलाई टेवा पुगेको गाउँपालिका प्रमुख मुक्त बहादुर सारूले बताए ।
निस्दी गाउँपालिका कृषि शाखाले किसानहरुलाई अनुदानमा अलैँचीका विरुवा वितरण गरेको हो । अलैँचीको पकेट क्षेत्र रहेको वडा नं ३ खाँदरका कृषकलाई बिरुवा वितरण गरिएको हो । लमजुङको भोटेओढारबाट खरिद गरेर ल्याइएको चौध हजार बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिए । बिरुवासँगै किसानलाई ७ वटा प्लाष्टिक स्प्रेयर, १० किलो फङ्गिसाईड, ७५ वटा अलैंची फल काट्ने स्प्रेयर वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले हस्तान्तरण गरेका छन् । कुल बजेट दुई लाख पचास हजार त्यसमा निस्दी गाउँपालिका कृषि शाखा बाट एक लाख सतासि हजार पाँच सय र खादर अलैची पकेट समितिबाट ६२ हजार ५ सयको लगानीमा बिरुवा वितरण गरिएको हो । खाँदर क्षेत्रमा लगाइएको अलैंची खेती फस्टाउँदै गएको वडा कृषि प्राबिधिक त्रिमला पाटाले बताइन ।
गाउँमा विभिन्न काम बाट आर्थीक उपार्जन हुन थालेपछी स्थानीय खुशी भएका छन् । निस्दी गाउँपालिकाको झिरुबासमा अलैंचीको खेती फस्टाउदै गए सगैँ यहाँका जनतामा आर्थीक रूपमा सक्षम बन्दै अगाडि बढ्ने क्रममा अलैंची बिस्तारमा लागेका हुन । निस्दीको वडा नम्बर ३ झिरुबासको खादरमा लगाएको अलैंची खेतीबाट यस वर्ष करिब १५ लाख बढी आम्दानी लिने अनुमान गरीएको छ । पहिले बनमाराको झाडि रहेको ओसिलो उत्तर फर्केको पाखो अहिले हेर्न लाएक मात्र होइन आम्दानीको स्रोत पनि बनेको छ । निस्दी गाउँपालिका पाल्पाको एक वडा एक पकेट कार्यक्रम अन्तर्गत खादर बासिले अलैंची खेती गर्दै आएको वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताए ।
स्थानिय किसान मनुराज खाम्चाले आधुनिक कृषी खेती गर्न र बजारीकरणमा सहयोग गरिदिए आफुहरु काम गर्न तयार भएको बताए । त्यस्तै अर्का किसान तुल बहादुर बयम्वुले पनि सामुहिक कार्य गरी दुई पैसा कमाउन सफल भएको र जसले गर्दा परिबारमा सन्तुष्टि र नुन तेल चल्न थालेको बताउँदै काम गर्ने बाटो देखाई दिएकोमा पालिका र कृषी शाखालाई धन्यवाद दिदै खुसी व्यक्त गरे । गत वर्ष करिव १ सय ५० रोपनि क्षेत्रफलमा लगाईएको अलैंची अहिले बिस्तार गरी थप १ सय रोपनि क्षेत्रमा थपिने कृषी शाखाका प्रमुख कोईरालाले बताए ।