बन्दना पोखरेल
रामपुर, असार ४ । पाल्पाको थुम्कडाँडा सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण गरेको छ । निस्दीवासीलाई आत्मनिर्भर गराउँदै लैजाने उद्देश्यले खाली रहेका नाङ्गा र अग्ला डाँडाहरूलाइ प्रयोग गरिँदै लगिएको निस्दी गाउँपालिकाका प्रमुख मुक्तबहादुर सारूले बताए । यसवर्ष पनि दालचिनीको बिरुवा लगाउन सुरू गरिएको बताउँदै हरेकलाई आत्मनिर्भर बनाउने र बसाइसराइ कम गराउने उद्देश्य रहेको उनले बताए ।
निस्दी गाउँपालिका–४, मित्याल, मौलाथरका वन उपभोक्तहरुले ५ हजार दालचिनी र चिउरीको बिरुवा सामुदायिक वन क्षेत्रको करिब ३ हेक्टर क्षेत्रफलमा लगाएको अध्यक्ष छामबहादुर सारुले जानकारी दिए । वृक्षारोपण कार्यको लागि निस्दी गाउँपालिकाले २ लाख ५० हजार रकम सहयोग गरेको सचिव पानबहादुर सोतीले बताए । वृक्षारोपणको लागि निस्दी सब डिभिजन वन कार्यालय मित्यालले प्राविधिक सहयोग गरेको कार्यलय प्रमुख नन्दप्रसाद अधिकारीले जानकारी दिए । यस्ता बिरूवा रोपेर जीवनयापनमा सहज भएको स्थानियले महसुस गरेका छन् ।
यस बर्ष दालचिनी, फलफुल र अम्रिसो गरी करीब ६० हजार बिरूवा रोप्ने लक्ष्य रहेको उनले बताए । यस सामुदायिक वनले विगतका वर्षहरुमा वन संरक्षण र संवद्र्धनमा टेवा पु¥याएको भन्दै विभिन्न राष्ट्रिय तथा जिल्लास्तरीय पुरस्कार प्राप्त गरिसकेको छ ।