काठमाडौँ, असार ५ । नेपालमा कोरोना सङ्क्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । शुक्रबार ४ सय २६ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ७०७ महिला र ७ हजार ५ सय ६७ जना पुरुष रहेका छन् । यस्तै शुक्रबार देशभर गरी २०७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ९ जना महिला र २०७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हालसम्म १ हजार ४ सय २० जना डिस्चार्ज भएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार जनकपुरमा भएको परीक्षणमा सर्लाहीका ११ जना र सप्तरीका ४ जनामा काेराेना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ७ जना, बाग्लुङका १८ जना, बैतडीका ६३, बझाङका ३ जना, बाजुराका ८ जना, डडेलधुराका ९ र धादिङका १ जनामा पुष्टि भएको छ ।
यस्तै डोटीका १५ जना, गोरखाका ११, कैलालीका ४६, कास्की, मकवानपुर र उदयपुरका २/२, काठमाण्डौका ३, मोरङ, सिन्धुली, चितवन र म्याग्दीका १/१ जना, नवलपरासी पूर्वका २, सिन्धुपाल्चोकको २१ जना, तनहुँका १९ र पर्वतका ५ जनामा कोरोना पुष्टि भएको छ । यस्तै हेटौँडामा भएको परीक्षणमा मकवानपुरका ६ जना, शिक्षण अस्पताल काठमाण्डौमा भएको परीक्षणमा बैतडीका ५ जना, पोखरामा भएको परीक्षणमा स्याङ्जाका ३ जना, कास्कीका ६ जना, नवलपरासी पूर्वका २ जना र बाग्लुङका १४ जनामा पुष्टि भएको छ ।
रुपन्देहीमा भएको परीक्षणमा अर्घाखाँचीका ६ जना, गुल्मीका ९४ जना, कपिलवस्तुका ४ जना, नवलपरासी पश्चिमका १ जना र रुपन्देहीका २ जनामा कोरोना पुष्टि भएको छ । सेती अस्पतालमा भएको परीक्षणमा अछामका १ जना, कैलालीका ३ जना र कञ्चनपुरका २० जनामा काेरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।