तुलसी राम पौडेल
सियारी, आषाड ५
” शिक्षा ,स्वास्थ ,कृषि , पर्यटन र पुर्वाधार ,समृद्ध सियारिको मुल आधार भन्ने नाराका साथ रुपन्देहीको सियारी गाउँ पालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार शुरु भएको सातौ गाउँ सभाले पारित गरेको छ।
सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले सातौ गाउँ सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे ।
प्रस्तुत नीति तथा कार्यक्रमलाई अध्यक्ष अयोध्या प्रसाद थारुले नीति तथा कार्यक्रम पारित होस भनी गाउँ सभामा राख्नुभएको प्रस्तावलाई गाउँ सभाका सदस्यहरुले ताली बजाएर पारित गरेका थिए ।
सियारी गाउँ पालिकाको सातौ गाउँ सभामा पारित गरिएको नीति तथा कार्यक्रममा आर्थिक ,सामाजिक रुपान्तरणका माध्यमबाट विद्दमान गरिबी ,असमानता तथा बेरोजगारीको अन्त्य गर्दै समृद्ध ,स्वास्थ आधुनिक तथा सुन्दर गाउपालिकाको निर्माण गर्ने दीर्घकालीन सोच रहेको छ भने गाउपालिकामा रहेकोे विद्द्मान वेरोजगारी ,बहु आयामिक गरिबी र असमानता घटाइ सामाजिक आर्थिक रुपान्तरण गर्ने गाउपालिकाको उद्देश रहेकोे छ।
कृषि र आर्थिक बिकास अन्तरगत कृषकहरुको वर्गीकरण गरि कार्ड बितरण गर्ने कार्य थालनी गरि वर्गीकरण गरिने , कृषि क्षेत्रको आधुनिकरणको लागि कृषि तथा पशु यान्त्रीकरणमा जोड दिइने, व्यावसायिक माछा पालनलाइ जोद दिदै माछाबाट हुने उत्पादनको विविधिकरण गरिने,चिस्यान केन्द्रको व्यवस्था मिलाइने,कृषकको आय आर्जनमा वृद्धिको लागि भुगोल सुहाउँदो बालिको पकेट क्षेत्र कायम गरि व्यावसायिक खेती प्रणालीको शुरूवात गरिने ,दुध उत्पादनलाई विविधीकरण गर्नको लागि सियारी गाउपालिकामा दुग्ध प्रशोधन उद्योग स्थापना गरिने,विदेशबाट फर्केका युवाहरूलाई युवा स्वरोजगार कार्यक्रम संचालनको लागि सामुहिक खेतिको अवधारणा ल्याइ अगाडि बढाइने, बेमौसमी तरकारी खेतिको अवधारणालाई अगाडि बढाइने ,कृषि उपजको लागि स्टोर निर्माण गरि सामुहिक कृषि बजार प्रवर्द्धन गरिने ,सार्वजनिक निजि ,सहकारी साझेदारिमा दुग्ध प्रशोधन र दाना उद्योग स्थापना गरिने, बाख्रा संकलन केन्द्र स्थापनाको कार्य थालनी गरिने छ।
सामाजिक विकास अन्तरगत : कोरोना भाइरस कोभिड -१९ सक्रमणबाट प्रभावित विद्यालयको पठनपाठनको लागि बैकल्पिक विधि अनलाइन (टिभी ,रेडियो ,सामुदायिक एफएम ) जस्ता माध्यमको उपयोग गरि वयवस्था मिलाउने,प्राथमिक तहमा अङ्ग्रेजी माध्यमबाट कक्षा संचालन गर्न विद्यालयलाई प्रेरित गर्ने, कम्युटर शिक्षा अनलाइन एवं सूचना प्रणालीको विकास गरिने,शिक्षामा गाउपालिकाको आन्तरिक स्रोतबाट दिइने अनुदानलाई अनुदान नीति तय गरि लागू गरिने ,कक्षा घटाउने तथा विद्यालय मर्जरको प्रकृया अगाडि बढ्याइने , जनतासग स्वास्थ कार्यक्रम भन्ने नाराका साथ प्रत्येक जनताको स्वास्थमा पहुँच पुर्याउन लगानी वृद्धि गरिने ,स्वास्थ तथा सरसफाइ कार्यक्रमलाई अभियानको रूपमा संचालन गरिने,सुविधा सम्पन्न प्रसुती केन्द्रको व्यवस्था गरिने ,छुवाछूत र जातीय विभेद विरुद्धमा गैर दलित एवं दलित समुदायलाइ एकै ठाउमा सहभागी गराइ हातेमालो गर्दै सियारिलाइ छुवाछूत मुक्त बनाउन अभियान संचालन गरिने ,प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार प्रत्येक टोलमा जनप्रतिनिधिको उपस्थितिमा सरसफाइ कार्यक्रम संचालन गरिने,वैदेशिक रोजगारको प्रवृतिलाई निरुत्साहित गर्न विधुतिय वायरिङ , प्लन्बिङ्ग तालिम ,टायल तथा मार्बल फिक्सिङ्ग तालिम ,मोबाइल रिपेरिङ्ग ,आधारभुत कम्प्युटर तालिम ,मोटरसाइकल तथा स्कुटिङ्ग रिपेयरिङ्ग ,ड्राभिङ्ग तालिम ,भुकम्प प्रतिरोध सीप तालिम ,लोकसेवा आयोग तथा शिक्षक सेवा आयोग तयारी कक्षा ,दोभासे कक्षा आदि संचालन गरिने ,कोरोना भाइरस कोभिड -१९ को सक्रमणबाट बच्नको लागि छुट्टै क्वारेन्टाइन र आइसोलेसन अस्पताल निर्माण गर्न पहल गरिनेछ।
भौतिक पुर्वाधार बिकास अन्तरगत : नया सडक निर्माण गर्दा अनिवार्य सडक मापदण्ड लागू गरिने ,प्रत्येक वडामा १/१ वटा कम्तिमा ३० लाख बराबरको योजना वडाबाट साझेदारी गर्ने व्यवस्था मिलाउने,गाउपालिकाका प्रमुख योजनाहरुको पहिचान गरि DPR / IEE (वातावरण प्रभाव मुल्यांकन ) समेत गरि आवश्यक बजेटको लागि प्रदेश र केन्द्र स्तरमा माग गरिने ,कृषि उपज भण्डार ,कोल्ड स्टोर ,अन्न भण्डार निर्माण प्रक्रिया अगाडि बढ्याइने,तिनाउ दानव नदि तथा सियारी खोलाको लागि आवश्यक व्यवस्था गरिने, गाउपालिका भित्र भएका फुसको छाना भएका घरहरुलाइ जस्तापाता दिई छाना छाउने कार्यको थालनी गरिने,गाउपालिका क्षेत्रका सडक संजालहरु गाउपालिका कार्यालय सम्म कालोपत्रे गर्ने कार्यलाई यस आर्थिक वर्षमा पनि निरंतरता दिइने लगायतका रहेका छन् ।
सस्थागत विकास तथा सुशासन अन्तरगत : वडा नम्बर ५ र ६ मा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण सम्पन्न गरिने, आवश्यकता अनुसार गाउँ सभावाट दरबन्दी सृजना गरि कर्मचारी व्यवस्थापन गरि छिटो छरितो सेवा प्रवाहलाई सुनिश्चितता गरिने,योजना तथा कार्यक्रमको अनुगमन नियमित रूपमा गरिने, गाउपालिका भित्र रहेको मठ ,मन्दिर ,गूठी र सार्वजनिक जग्गाहरुको संरक्षण ,सम्बर्द्धन गर्न आवश्यक नीति तयार गरिने ।
सरसफाइ वातावरण सन्तुलन तथा विपद व्यवस्थापन अन्तरगत: कोरोना भाइरस कोभिड -१९ को सक्रमण वचन बचाउन मुख्य कार्य सम्झी गाउपालिकाले कार्यक्रम र व्यवस्था तय गरिने, कोरोना भाइरस कोभिड -१९ बाट बच्न बचाउन जेष्ठ नागरिक ,सुत्केरी ,गर्भवति महिला ,अपाङ्गहरुलाइ गाउपालिकाबाट निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने ,कोरोना भाइरस रोकथामका लागि अग्रपंक्तिमा रहि काम गर्ने स्वास्थ कर्मी ,कर्मचारी ,जनप्रतिनिधिहरुको विमाको व्यवस्था गरिने ,एक टोल एक सार्वजनिक र एक घर एक विरुवाको कार्यक्रम कार्यान्वयन गरिने,सबै टोलहरुमा दमकल छिर्ने बाटो बनाउने नीति लिइने,एक घर एक धारा ,५० विद्यार्थी एक टुटि धारा तथा ओभरहेड टंकीको व्यवस्था गरिने।
बित्तीय व्यवस्थापन एवं अनुशासन अन्तरगत :
सम्पूर्ण ब्यावसायहरुलाइ करको दायरामा ल्याउन टोलि खटाइ व्यवसाय दर्ता अभियान संचालन गरिने,सम्पत्ति करलाइ थप व्यवस्थित गर्दै लगिने,शुन्य बेरुजु नीति अवलम्बन गरिने उद्योग धन्दा तथा कलकारखानासग लिइएको एकमुष्ट करलाइ निरुत्साहित गरि उत्पादनका आधारमा कर लगाउने नीति लिइने, लेखा प्रणालीलाई बिद्धुतिय प्रणालीमा रुपान्तरण गरिने लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष अमृता गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई ,लेखा अधिकृत नारायण पौडेल लगायत विभिन्न शाखाका शाखा प्रमुखहरु , कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेकोे थियो ।