बुटवल, असार ६ । नेपालमा शनिबार ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । यो सँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् । अहिलेसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।