बर्षे अधिबेशनको रुपमा रहेको चौथो गाउसभामा प्रस्तुत नीति तथा बार्षिक कार्य योजनामा कृर्षि तथा स्वास्थ्यलाई बिशेष प्राथमिकता दिएइएको छ । बिश्वभर कोरोना भाइरस कोभिड १९ लक्षित रहेको बार्षिक कार्यक्रममा लामो समय देखि अब्यबस्थित बसोबास को रुपमा रहेका कञ्चनवासीहरुको जग्गाको स्वामित्व प्राप्त हुने चाहानालाई पुरा गर्न आगामी आ.ब. ०७७/७८ देखि अब्यबस्थित जग्गा नापजाँच प्रकृया शुरु गर्न र थप जनसक्ती प्रयोग गरेर गाउँपालिका आफैले पनि ब्यबस्थित गरी जग्गाको स्वामित्व प्रदान गर्ने कार्य शुरु गर्ने गरी अगाडी बढ्न आवश्यक सम्पूर्ण प्रकृया अवलम्बन गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।
कोभिड-१९ को प्रभाव र असरका कारण आ।व।०७६/७७ मा आसा गरिएका विकासका लक्ष्यरु हासिल नसकिएको र बर्तमान समयमा सृजना भएको बिषम परिस्थितीको सामना गर्दै गाउपालिकामा उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गरेर कोचिड १९ को असरको कारणले स्वदेश फर्किएका सम्पूर्ण कञ्चनवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता र स्वास्थ् सुरक्षा गर्ने मुख्य दायित्वको महसुस गरी युवाहरुलाई स्वरोजगार र उधमी बनाउने उद्धेश्यका साथ कृषि क्षेत्रमा बिशेष अनुदान सहितको बार्षिक कार्ययोजना तयार गरिएको सो कार्ययोजनालाई पुरा गर्न नीति समेत तयार गरिएको छ ।
संघिय सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली,प्रदेश सरकारको समृद्ध प्रदेश सुखी जनता र कञ्चन गाउपालिकाको सुखी र खुशी कञ्चनवासी भन्ने दीर्घकालिन सोंचलाई पुरा गर्न आवस्यक रणनीति अवलम्वन गरिदै कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागी विद्यालयहरुमा सञ्चालित क्वारेन्टाइनलाई क्रमश हटाई १५ शैयाको अस्पताल क्वारेन्टाइनसहित Isolation center निर्माणलाई प्राथमिकता दिइएको छ।
बिशेष गरी कृषिमा प्राथमिकता दिइएको बार्षिक कार्यक्रममा बालबालिकाको सर्वांगिण विकासका लागि प्रारम्भिक बाल विकास सञ्चालन गर्न प्रोत्साहन गर्दै बाल कक्षा शिक्षकहरुलाई मासिक थप अनुदानको ब्यबस्था गरिने भएको छ । यस्तै सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गरी ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मान र घर घरमा स्वास्थ्य जाँच गने कार्यैलाई निरन्तरता दिइने भएको छ ।
यसैगरी संघिय सरकार, प्रदेश सरकार र गा.पा.को साझेदारीमा विशेष कृ्षि प्याकेज कार्यक्रम सञ्चालन गरिने र भौतिक पूर्वाधार निर्माणको गतिलाई थप तिव्रता दिइएने बार्षिक नीति तथा कार्यक्रममा उल्लेख गएिको छ यस्तै कोभिड १९ को रोकथाम र उपचार सेवालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न रोग प्रतिरोध क्षमताको विकासमा जोड दिदै पशुपालन ब्यबसायलाई प्रोत्साहन गर्न अनुदानको ब्यबस्था गरि उत्पादनमा आधारित अनुदानलाई प्राथमिकताका साथ लागु गरिने भएको छ । मूख्र्मन्त्री ग्रामिण विकास कार्यक्रमलाई विपन्न, दलित जनजातिको आयश्रोत वृद्ध गर्ने गरी उद्यमशिलताको विकास सञ्चालन गर्ने र कृषि, वन कार्यक्रमलाई सामूहिक रुपमा सञ्चालन गर्न प्रोत्साहन गरिने भएको छ।
कञ्चन गाउपालिकाको आगामी आर्थिक बर्षको लागि असार १० गते बजेट प्रस्तुत हुदैछ ।