बुटवल, असार ८ । रोट्रयाक्ट क्लव अफ बुटवल सिनर्जीले नयाँ कार्य समिति चयन गरेको छ । क्लबले वर्ष २०२०÷२१ को लागि नयाँ कार्य समिति चयन गरेको हो । क्लवको अध्यक्षमा विष्णु घिमिरे, आईपिपि खेम थापा, प्रेसिडेंट इलेक्ट युवराज लम्साल, प्रेसिडेंट नोमिनि अशोक रिशाल, उपाध्यक्षहरु भानु भट्टराई, दिनेश भट्टराई र अर्जुन पौडेल, सचिवमा संजय घिमिरे, कोषाध्यक्ष हिमाल खनाल, सह सचिव सागर घिमिरे र सह–कोषाध्यक्षमा विन्दु गौतम चयन भएका छन् ।
त्यसै गरी क्लव एभिन्यु तर्फ क्लव सर्विस डाइरेक्टर सुनिता श्रेष्ठ, कम्युनिटी सर्विस डायरेक्टर मदन थापा, प्रोफेसनल सर्विस डाइरेक्टर विष्णु पाण्डे, इन्टरनेशनल सर्भिस डाइरेक्टर सुदीप ज्ञवाली चयन भएका छन् । यस्तै सर्जेन्ट एट आर्मसमा प्रतिक पहारी, सिमा गौतम र सरीता घिमिरे, फन्ड रेजिगं चेयर लक्ष्मण पोखरेल, एडिटर डिआर पन्थि, क्लव प्रोमोसन अफिसर जानकी आचार्य, पव्लिक इमेज कोडिनेटर हरि कार्की र एजुकेशन कोडिनेडर कल्पना गैरे चयन भएका छन् ।
योसँगै क्लवले सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा संस्थापक एवम पूर्व अध्यक्ष अर्जुन गिरी, रोटरीएन बाबुराम बन्जाडे, जीवन भण्डारी, दुर्गा ढकाल रहेका छन् । कल्वको प्रेस सल्लाहकारमा विमल पुरी रहेका छन् ।