बन्दना पोखरेल
रामपुर, असार ११ । पाल्पाको रामपुर नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । होटल नमस्ते तथा पार्टि प्यालेसमा भएको नगर सभा नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको हो । नगर प्रमुख थापाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम पढेर सुनाउनुभयो । आर्थिक वर्ष २०७७/०७८ को लागि ६५ करोड ८० लाख ५३ हजार ५५ बराबरको अनुमानित बजेट नगरसभामा पेश भएको छ । नगरपालिकाको आन्तरिक आम्दानि ५ करोड २३ लाख ५ हजार ४ सय १५ को बजेट पेश भएको छ ।
बुधबारको नगर सभाले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, स्थानीय उत्पादन, उद्योग, व्यवसाय विस्तारलाई जोड दिइएको छ । नगर प्रमुख थापाले विश्व नै कोरोना भाइरस संक्रमण बढ्दो रहेको अवस्थामा रामपुर अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउन पहल गर्ने बताउनुभएको छ । उहाँले नगरका नागरिकको जिवनस्तर उकास्न कृषि तथा पशुपंक्षि उत्पादनमा जोड दिइएको, बाझो जमिनमा तरकारी खेति, दूध मासु र अण्डा उत्पादन गरेर आत्मनिर्भर बनाउने, रोजगारिका विदेश जाने युवालाई गाउमै कृषि रोजगार बृद्दि गराउने, कृषि उत्पादनको बजारिकरण नगरपालिकाले गर्ने नगर प्रमुख थापाले जानकारी गराउनुभएको छ ।
नगर उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यले स्वागत बाट सुरू भएको सार्वजनिक जग्गामा फलफुलका बिरुवा रोपण, निजि जग्गामा उत्पादनमुलक खेति गर्ने, एक वडा एक उत्पादनलाई निरन्तरता दिने, एक घर, एक रोजगार प्रदान गर्ने नगर प्रमुख थापाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो ।
शैक्षिक गुणस्तर बढाउन सबै विद्यालयको भौतिक पुर्वाधार विकास, अनलाइन शिक्षा, सबै विद्यालयमा एउटै प्रकृतिको रंगरोगन लगाउने, बालमैत्रि कक्षाकोठा संचालन गर्न फर्निचरको व्यवस्था, विद्यालय निरिक्षण तथा अनुगमनलाई प्रभावकारी बनाइने आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
चालु आर्थिक बर्ष २०७६र०७७ मा भैतिक पुर्वाधार बिकासमा २६।५ प्रतिशत काम भएको प्रतिबेदन सहित प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले सहजिकरण गर्नु भएको बार्षीक समिक्षा सहितको सभामा सहभगिले आफ्ना धारणा राख्नु भएको थियो ।