पाल्पा, असार ११ । पाल्पाको पूर्वखोला गाउँपालिकाले “शिक्षा , स्वास्थ्य सडक , कृर्षि पर्यटन सहितको पूर्वाधार, पूर्वखोला विकासको आधार ” भन्ने नारालाई साकार बनाउने गरी आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम र वजेटलाई केन्द्रित गरेको छ । गाउँपालिकाको अध्यक्ष नुन बहादुर थापाद्वारा प्रस्तुत नीति कार्यक्रममा आर्थिक विकास तर्फ स्कृषी तथा पशु विकास निति अन्त्रगत एक वडा एक उतपादन निरन्तरता, घर एक फलफुलका बोट अनेक, कृषकलाइ समुहलाइ पुरस्कार, पालिका स्तरीय नर्सरि व्यवस्थापन, कृर्षी पाठशाला, व्यावसायिक पशुपंक्षिपालनलाइ उत्पादनमा आधारित मापदण्ड बनाइ अनुदान व्यवस्थापन गर्ने उल्लेख छ ।
कृषी उपज संकलन केन्द्र लगाएत निति तथा कार्यक्रम प्रस्तुत थियो त्यसै सहकारी तथा गरिवी निवारण मा उतकृस्ट सहकारिलाइ पुरस्कार, गर्ने घरेलु तथा साना उध्योग अन्तरगत घरबुनालाइ पुनरखोज गरि नयाँ पुस्तामा सीप हस्तान्तरण गराउनको तालिमको विशेश पहल, सिकर्मी,डकर्मी लगाएतका तालिम प्रधान गरि रिजगारी सिर्जना गगरिने, विभिन्न धार्मिक स्थल तथा, अग्ला गल्ला पाहाड अथा गुफा हरुलाइ पर्यटन क्षेत्रको रुपमा विकास गरिदै लैजाने, बिध्यालय समायोजन र आवश्यक ठाउँमा स्थापना थप गर्ने निति बोकेको छ ।
बिदेश बाट आउने हरुको कोरोना भाइरस पिसिआर बिधिबाट गर्ने व्यवस्थापन सबै स्वास्थ्य चौकिहरुमा प्रयोगशाला स्थापना लागी पहल गरिने छ ।महिला हक ५०५ पुर्याउने समान कामको लागी समान ज्याला, पूर्वखोला गाउँपालिका सचेत बालबालिका भन्ने नारा स्थापित गर्न बाल संजाल, पालिका भरी १ घर १ धारा २ बर्ष भरी सम्पन्न गरिने छ, पालिका र केन्द्र जोड्ने बाटो बाह्रै महिना संचालन हुने गरि सतर उन्नती गरिने, बाक्लो वस्ती क्षेत्रका मोटरबाटो कालोपत्रे, काठेपोहोल विस्थापन, लगायतको बारेमा निति तथा कार्यक्रम रहेको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष द्धारा आर्थिक बर्ष ०७७/०७८ को लागि ४४ करोड १७ लाख ८५ हजार ७ सय १० रुपैयाको प्रस्तुत गर्नु भएको थियो । गाउँ सभाद्वारा नीति कार्यक्रम सुझाव र छलफलपछि पारित गरेको छ । सभा उद्घाटन प्रदेश सभा सदस्य नारायण आचार्यले गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख मिरा मरासिनी समन्वय अधिकारी लेखनाथ ज्ञवाली लगाएतको सहभागिता रहेको थियो ।