क) आर्थिक विकास:
१. कृषि तथा पशु सेवा कार्यक्रमः
-
नगरपालिका क्षेत्रभित्र उत्पादन गर्न सकिने कृषिजन्य, तरकारीजन्य, फलफुल, मासुजन्य तथा दुधजन्य वस्तुहरुमा नगरलार्ई आत्मनिर्भर बनाई निर्यातमुखि नीति अवलम्बन गरिने छ ।
-
कृषि उत्पादन संकलनको लागि वडा नं ११ मा निर्माणाधिन कृषिउपज संकलन केन्द्रको निर्माण कार्य सम्पन्न गरी सञ्चालन गर्ने व्यवस्था मिलाईनुका साथै वडा नं ५ प्रगतिवजारमा रहेको कृषि उपज संकलन केन्द्रलाई प्रयोगमा ल्याईनुका साथै समूहमा नसमेटिएका किसानहरुलाई समेटेर सेवा प्रदान गर्ने नीति लिइने छ ।
-
नगरका कृषियोग्य भुमीमा संचालित पकेट क्षेत्रमा कृषिलाई व्यवसायीकरण गर्न प्रोत्साहन गर्ने कार्य भैरहेको छ । यस्ता पकेट क्षेत्रहरुमा निर्यात प्रवर्द्धनमा योगदान पुर्याउने नगदेवाली, मौसमी/ वेमौसमी तरकारी खेती, मौरीपालन, विउउत्पादन कार्यक्रम संचालन गर्न प्रोत्साहन गरिनेछ । यसको लागि विउ, मल, प्रविधि, सिँचाई, उपकरण, विरुवा आदिमा सहयोग पुग्ने गरी व्यवसायिक कृषकलाई अनुदान सहयोग उपलब्ध गराईने छ ।
-
पहिचान गरिएका पकेट क्षेत्रलाई चक्लाबन्दि गर्न प्रोत्साहित गर्ने कार्यक्रम संचालन गरिने छ । संघीय र प्रदेश सरकारको सहकार्यमा ‘एक वडा एक पकेट’ कार्यक्रम संचालन गर्ने नीति लिईने छ ।
-
आधुनिक कृषि प्रणाली एवं व्यवसायिकरणका साथसाथै प्राङ्गारीक तथा जैवीक मललाई प्रोत्साहित गर्दै अर्गानिक खेती प्रणालिमा जोड दिइने छ ।
-
कृषि पेशालाई सम्मानित र व्यवसायिक वनाइ कृषिमा आधारित जनताको जीवनस्तर सुधार गर्न कृषकहरुको तथ्याङ्क संकलन गरी निश्चित मापदण्डको आधारमा कृषकको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गर्न आवश्यक व्यवस्था मिलाइने छ ।
-
समग्र कृषि क्षेत्रको उत्थान तथा यथार्थ अवस्था चित्रण गर्न नीति¸ योजना र कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी नगर कृषि प्रोफाइल बनाईने छ ।
-
कृषि उत्पादनको क्षेत्रमा सिंचाई सुविधा पुर्याउनका लागि नगरपालिका, नेपाल सरकारका सरोकारवाला निकायहरु लगायत सहयोगी विभिन्न निकायहरु, कृषि सहकारी, सामुदायिक संस्था र कृषक समेतको सहभागितामा दिगो र भरपर्दो सिंचाई प्रणाली विकास गरिने छ ।
-
प्रदेश सरकारको सहकार्यमा नगरपालिकाको वडा नं ६ स्थित सरनटाँडीलाई प्राङ्गारीक तरकारी क्षेत्रको रुपमा घोषणा गरी आवश्यक कार्यक्रम संचालन गरिने छ ।
-
किसानहरुको तरकारी तथा फलफुलको सुरक्षाको लागि संघीय सरकार¸ प्रदेश सरकार संगको लागत साझेदारी तथा सार्वजनिक निजी साझेदारी (PPP) कार्यक्रम अन्तर्गत चिस्यान केन्द्र (Cold store) को स्थापनाको लागि विशेष पहल गरिने छ ।
-
कृषि तथा पशु विमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ । अव्यवस्थित कृषि भूमिमा भएको कृषि उत्पादनको समेत विमा गर्न सम्वन्धित निकायमा पहल गरिने छ ।
-
अनुदानमा सहकारीवाट वितरण हुने मलखादको वितरण प्रणालीको प्रभावकारी नियमन गरिने छ ।साथै कृषि सहकारी नभएका वडाहरुमा कृषि सहकारी स्थापना गर्नको लागि प्रोत्साहित गरिने छ ।
-
कृषकहरुलाई विषादी प्रयोग सम्वन्धि सचेतना मुलक कार्यक्रम संचालन गरिने छ ।
-
‘घरघरमा करेसावारी चुलाचुलामा तरकारी’ भन्ने नीति अवलम्बन गरी करेसावारीका लागि बिउ (Mini Kit) उपलब्ध गराइने छ ।
-
नवीनतम प्रविधि विस्तारका लागी तरकारी तथा च्याउ खेती गर्ने कृषक समूह, सहकारी, फार्म एवं कृषकहरुलाई सिंचाई (थोपा र फोहरा), मल्चिङ विधि, हाईटेक टनेल, नर्सरी टनेल कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अगाडी बढाइने छ ।
-
उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने छ ।
-
भै. लु. भु. ज. सिंचाई योजनाका बन्द रहेका डिप ट्युवेलहरुलाई संचालनमा ल्याउने नीति अवलम्बन गरिने छ । आर्थिक वर्ष २०७६/०७७ सम्मको विद्युत महशुल (शुल्क र जरिवाना समेत) बक्यौता नरहेका¸ आर्थिक वर्ष २०७७/०७८ का लागि नियमित (मासिक) रुपमा विद्युत महशुल भुक्तानी गर्ने डिप ट्युवेलहरुको भुक्तानी गरेको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिने छ ।
-
भै.लु.भु.ज.मा जडित विद्युत मिटरको डिमाण्ड शुल्क नलाग्ने व्यवस्था मिलाउन आवश्यक पहल गरिने छ ।
-
कोभिड-१९ बाट प्रभावित भई गाउँ फर्केका युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गरी उत्पादनमा अभिवृद्धिको लागि प्रदेश सरकारको सहकार्यमा उत्पादन सामाग्री तथा साना कृषि औजार एवं यन्त्र उपकरणमा अनुदानको व्यवस्था मिलाइने छ ।
-
चक्लाबन्दी ¸करार तथा सामुहिक खेतिलाई प्रोत्साहीत गर्न उत्पादन र उत्पादकत्व बढाई उत्पादन लागत घटाउन कृषि हायरिङ्ग सेन्टर स्थापना गर्ने कार्यको सुरुवात गरिने छ ।
-
कोभिड १९ को कारणले २०७६ चैत्र ११ देखि हालसम्म हामि बन्दाबन्दीमा छौ । यसका कारणले दुग्ध उत्पादक र कुखुरापालक कृषकहरुलाई परेको क्षतिपुर्तिका लागि आशिक अनुदानको व्यवस्था मिलाईने छ ।
-
गाई भैंसिमा नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यलाई निरन्तरता दिइनुका साथै प्रोत्साहनको व्यवस्था मिलाइने छ ।
-
खुल्ला मासु विक्रिवितरण परिपाटिको अन्त्य गरी स्वस्थ मासु विक्रि वितरणको लागि आवश्यक व्यवस्था मिलार्ईने छ ।
-
प्रदेश सरकारसंगको सहकार्यमा नगरपालिकाभित्र रहेका विभिन्न पोखरीहरुको व्यवस्थापन गरी माछापालनको क्षेत्रफललाई विस्तार गरिने छ ।
-
नगरपालिका भरिका गाई भैंसिलाई भ्यागुते, खोरेत¸ चरचरे रोग र बाख्रालाई पि.पि.आर. विरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिइनेछ र पशुहरुलाई आन्तरिक तथा बाह्य परजीवि नियन्त्रणको लागि निशुल्क औषधि वितरण गरिनेछ ।
-
घाँसमा आधारित पशुपालनलाई प्रोत्साहित गर्न घाँसको विउ उपलब्ध गराइने छ साथै घाँसको विउ उत्पादनमा आत्मनिर्भर हुन विउ उत्पादन कार्यक्रम ल्याइने छ ।
-
‘एक नगर एक उत्पादन’ कार्यक्रम अन्तर्गत पशुपालक किसानहरुलाई पशुपालन तथा गुणस्तरीय दुध उत्पादन एवं उत्पादक तथा व्यवसायीहरुलाई दुधको विविधिकरण सम्वन्धि तालिम सञ्चालन गरिने छ ।
-
गाईको नश्ल सुधार कार्यक्रम अन्तर्गत सेक्स सिमेन उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने छ ।
-
वडा नं.८ मा रहेको पशु सेवा शाखाको भवनमा प्रयोगशाला स्थापना गरी दुध र गोवर परीक्षणको व्यवस्था मिलाइने छ।
-
दुधको वजार सुनिश्चित गर्न सरकारी, सहकारी र निजी साझेदारीमा धुलो दुध कारखाना स्थापना गर्न संघ एवं प्रदेशसँग आवश्यक पहल गरिने छ ।
-
बाँझोपन भएका पशुहरुको उपचारका लागि स्थानीय स्तरमा पशु शिविर संचालन गरिने छ ।
-
पशुवाट मानिस र मानिस वाट पशुमा सर्ने रोग रोकथामका लागी सचेतना कार्यक्रम संचालन गरिने छ ।
-
प्राइभेट पारा भेटेरेनरी प्राविधिकहरुको क्षमता अभिवृद्धि गरी सेवा प्रभावकारी वनाइने छ र सेवाको नियमन गरिने कार्यलाई निरन्तरता दिइने छ ।
-
कृषि सहकारी समूह गठन प्रकृयालाई निरन्तरता दिइने छ ।
-
कृषि उत्पादनको उत्पादन लागतका आधारमा आधार मूल्य कायम गरी कृषि सहकारी समूह मार्फत कृषकलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरिने छ ।
-
कृषकहरुलाई प्रोत्साहित गर्न संघ एवं प्रदेश सरकारसँगको समन्वयमा कृषि एम्बुलेन्स संचालन गरी कृषि उत्पादन (तरकारी) लाई बजारीकरण गर्ने नीति अवलम्बन गरिने छ ।
२. उद्योग तथा वाणिज्य
-
प्रदेश सरकारको ‘एक स्थानीय तह एक औद्योगिक ग्राम’ कार्यक्रम अन्तर्गत वडा नं ३ को टटेरामा अवस्थित जग्गा विवरण साविक केरवानी ४/क कि.नं. १५७ को ९-१०-६ क्षेत्रफल भएको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (DPR) समेत तयार भइसकेकोले उक्त जग्गामा औद्योगिक ग्राम स्थापना गरिने छ ।
-
‘मेयर संग उद्यम एवं स्वरोजगार कार्यक्रम’ अन्तर्गत नगरक्षेत्रका युवाहरुमा भएको ज्ञान सिप र क्षमताको सदुपयोग गर्दै उद्यमशिलता तथा सिपको विकास गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्नुका साथै विदेशवाट फर्केका युवाहरुले आर्जन गरेको सिप र व्यवसायिक दक्षताको उपयोग गरी आत्मनिर्भर एवं स्वरोजगार बनाउन¸ महिला उद्यमसिल क्षमताको विकास गर्न¸ दलित तथा अल्पसंख्यक समुदायको परम्परागत सिप र पेशालाई उद्यमसिलता संग जोडि आत्मनिर्भर वनाउन आवश्यक पर्ने लगानी व्यवस्थाका लागि प्रदेश सरकार¸ बैंक तथा बित्तीय संस्थाहरुसंगको सहकार्यमा बिनाधितो सहुलियत कर्जा कार्यक्रम अगाडी बढाउने नीति लिइने छ ।
-
नगरपालिका भित्र नयाँ उद्योगहरु स्थापना गर्न लगानी मैत्री वातावरण वनाईने छ । उद्योग र व्यापारमा आवद्ध संस्थाहरुको सहकार्यमा नगरपालिका भित्र संचालन गर्न सकिने विभिन्न सम्भावित उद्यमहरु पहिचान गरी उद्योग स्थापना गर्न लगानीकर्ताहरुलाई प्रोत्साहन गरिने छ ।
-
वजारलाई व्यवस्थित, स्वच्छ तथा प्रतिस्पर्धी वनाउन तथा उपभोक्ताहरुलाई ठगिनबाट जोगिनको लागि उद्योग र व्यापारमा आवद्ध संस्थाहरुको सहभागीतामा व्यापार आचार संहिता एवं मुल्य सूचि तयार गरी लागु गरिने छ ।
-
देवदह नगरक्षेत्रभित्र मझौला तथा ठुला उद्योग स्थापना हुन आएमा ३ वर्ष सम्म कर शत प्रतिशत छुटको व्यवस्था मिलाइने छ ।
३. पर्यटन
-
हालैका दिनमा विश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को महामारीका कारण आर्थिक क्रियाकलापमा परेको गम्भिर असरलाई पर्यटनको माध्यमबाट उकास्न आन्तरिक पर्यटनका कार्यक्रमहरु संचालन गरिने छ ¸ बाह्य पर्यटकहरु भित्राउन आवश्यक पुर्वाधार विकासमा जोड दिने नीतिलाई निरन्तरता दिइने छ ।
-
देवदह नगरपालिका वडा नं ७ शितलनगरमा निर्माण सम्पन्न हुने चरणमा रहेको बहुउद्देश्यीय कोशेली भवनलाई देवदहका उत्पादनको बजार विविधिकरण र पर्यटन संग आवद्ध हुने गरी यसै वर्ष संचालनमा ल्याइने छ ।उक्त कोशेली भवनमा प्रदेश सरकारको समन्वयमा पालिकाकै प्रदर्शनी तथा बिक्रि कक्ष संचालन गरिने छ ।
-
नगरपालिका क्षेत्रभित्र रहेको ऐतिहासिक मंगल पुष्करिणी दहको विस्तृत परियोजना प्रतिवेदन वमोजिम निर्माण, संरक्षण तथा व्यवस्थापनको कार्यलाई निरन्तरता दिनका लागि प्रदेश सरकार र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति संग आवश्यक पहल गरिने छ ।
-
लुम्विनी विकासकोषसंगको सहकार्यमा यस नगरपालिका भित्र रहेका भवानीपुर¸ कन्यामाई¸ वैरीमाई र खयरडाँडा जस्ता पुरातात्विक क्षेत्रहरुको Geo Physical सर्भे गरी उत्खनन कार्य प्रारम्भ गरिने छ ।
-
नगरपालिकाको भवानीपुर क्षेत्र र पूर्व पश्चिम लोकमार्गको दाँयावाँयाका साथै भित्र पर्ने निर्माण भइसकेका घरहरुको बाहिरी भाग बुद्धसँग सम्वन्धित एउटै रङ (Colour code) प्रयोग गर्न अनुदानको व्यवस्था गरिने छ¸ साथै तोकिएको क्षेत्र भित्र नयाँ निर्माण हुने घरहरुमा तोकिएको रङ प्रयोग गर्नु पर्ने छ सो नभएमा नक्सा पास गर्न नगरपालिका बाध्य हुने छैन ।
-
विभिन्न जात जातीहरुको साँस्कृतिक परम्परा झल्काउने संस्कृति प्रर्वद्धन कार्यक्रम संचालनगरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने व्यवस्था मिलाईने छ ।
-
देवदह नगरपालिकामा रहेका विद्यमान ऐतिहासिक, धार्मिक धरोहरहरुको संरक्षण, प्रवर्द्धनको कार्य गर्नुको अतिरिक्त अध्ययन÷अनुसन्धानलाई अद्यावधिक गरि अभिलेखिकरण कार्यलाई निरन्तरता दिइने छ ।
-
देवदह क्षेत्रमा आउने पर्यटकहरुको लागि लक्षित गरी यस क्षेत्रको सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक महत्वलाई झल्काउन सक्ने पर्यटक गाइड उत्पादनको लागि तालिम कार्यक्रम संचालन गरिने छ ।
-
लुम्विनी विकास कोषवाट निर्माण सम्पन्न भइसकेको Golden Temple of Laughing Buddha भवनमा यस देवदह क्षेत्रका ऐतिहासिक धरोहर संग सम्वन्धित सामाग्रीहरुको संग्रहालय र पर्यटन सूचना केन्द्र स्थापना गरिने छ ।
-
होमस्टे प्रर्वद्धनका लागी Cultural House निर्माण तथा व्यवस्थापनको लागि प्रोत्साहन गरिने छ ।
-
यस नगरपालिकाभित्र रहेका यसोधरा पार्क, गौतम वुद्ध राष्ट्रिय उद्यान, मायादेवी पार्क, वुद्ध पार्क, भवानीपुर, कोलिय पार्क, जैविक विविधता पार्क (शिवालय सामुदायिक वन), वि पि पार्क¸ पुष्पलाल पार्क ¸मदन आश्रित पार्क, बैकुण्ठ नगर बाल उद्यान, कोलिय बुद्ध पार्क, प्रगती बोटानिकल गार्डेन¸ सातपत्रे सिमसार क्षेत्र लगायतका पार्कहरुको पृथक पहिचान झल्कने गरी विकास गरिने लक्ष्य लिइने छ ।उक्त पार्कहरुमा आवश्यकता अनुसार काष्ठकला र प्रस्तर कलाको माध्यमवाट वौद्धकालिन सभ्यतासँग जोडिने गरी काष्ठकला, तथा प्रस्तरकला कार्यशालाहरु संचालन गरिने छ ।
-
अन्तराष्ट्रिय भिक्षुणी बिहार निर्माणको लागि देवदह नगरपालिका तथा अन्तर्राष्ट्रिय भिक्षुणी संघको वीचमा भइसकेको संझौता (MOU) बमोजिम समयमै निर्माण कार्य सुचारु गर्न आवश्यक सहजिकरण गरिने छ ।
-
पर्यटन क्षेत्रको विकासका लागी एकिकृत पर्यटन गुरुयोजना तयार गरिने छ ।
-
लुम्विनी वौद्ध विश्वविद्यालयलाई उपलब्ध गराइएको जग्गामा मुख्य कार्यालय स्थापना गर्न सम्बन्धीत निकायमा विशेष पहल गरिने छ साथै विश्वविद्यालयको School of development studies and applied sciences अन्तर्गत i) Masters in Agro Foresty ii) Masters in development studies iii) Masters in Environmental Studies यथाशिघ्र संचालनमा ल्याउन आवश्यक सहजिकरण गरिने छ ।
-
पाँकरी वृक्षको संरक्षण, प्रवर्द्धन गरिनुका साथै क्षेत्र विस्तारका लागि जग्गा प्राप्ति गर्न आवश्यक प्रक्रिया थालनी गरिने छ ।
-
पर्यटकीय पूर्वाधार विकासका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने नीति अवलम्वन गरिने छ ।
-
रोहिणी नदीको सभ्यतासँग जोडिने नवीनतम अवधारणा ल्याई पर्यटनमा टेवा पुग्ने कार्यक्रम सञ्चालन गरिने छ । रोहिणी सिंचाई वाँधमा तिलोत्तमा नगरपालिका संगको साझेदारीमा वौद्ध सभ्यतासंग जोडी पर्यटन प्रर्वद्धनका कार्यक्रमका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारी कार्य अगाडी बढाइने छ ।
-
ऐतिहासिक रोहिणी नदिको दाँयावाँया करिडोरको अवधारणा अगाडी बढाई रोहिणी सभ्यताको उत्थानसंगै बौद्ध पर्यटकीय स्थलको रुपमा विकास गर्न संघ¸ प्रदेश¸ लुम्विनी विकास कोष र सरोकारवाला पालिकाहरुसंग सहकार्य गर्ने नीति अवलम्वन गरीने छ ।
-
धार्मिक पर्यटनलाई टेवा दिन पुर्वाधार विकासमा सहयोग गर्ने नीति अवलम्वन गरीने छ । साथै यस क्षेत्रमा रहेका लोकेश्वर मन्दिर, दुर्गा पञ्चायन मन्दिर, सिद्धेश्वर महादेव मन्दिर, देवीदमार दुर्गा पञ्चायन मन्दिर, राधाकृष्ण मन्दिर, माथागढी मन्दिर¸ महाकालि शक्तिपिठ¸ ओम शिवशक्ति धाम, सत्य साई मन्दिर, ऐतिहासिक नागथान, मायादेवी मन्दिर, गौतमबुद्ध राष्ट्रिय उद्यानको दुर्गा मन्दिर लगायतका विभिन्न पर्यटन क्षेत्र विकास समितिहरुलाई पर्यटन विकासमा सक्रिय वनाइने छ ।
-
वडा नं. ६ सरनटाँडीदेखि माथागढी मन्दिर सम्म जाने पैदल मार्ग र Domestic Tourism Hub को रुपमा विकास गर्न मुडावास चौकी भन्ज्याङ्ग क्षेत्रमा सम्भाव्यता अध्ययनको कार्य अगाडी बढाइने छ ।
-
धार्मिक पर्यटनको प्रवर्द्धन गर्न देवदह १० को कामधेनु गौशाला संरक्षण र व्यवस्थापनको कार्यलाई निरन्तरता दिईने छ । नगरपालिकाभित्र रहेका छाडा गाईहरुको व्यवस्थापनका लागी गौशाला संग समन्वय तथा सहकार्य गरिने छ ।
-
देवदह नगरपालिकाको चारवटै सिमा क्षेत्रमा क्रमश वौद्ध पहिचान झल्किने गरी प्रवेशद्धार निर्माण गर्ने कार्यलाई अगाडी बढाइने छ।
-
सृष्टी सामुदायिक वनमा निर्माण हुने गरी बुद्ध माया अन्तराष्ट्रिय शान्ति उद्यान एवं संग्राहलयको DPR बनाउने कार्यलाई पूर्णता दिई योजना अनुरुप कार्य अगाडी बढाउने नीति अवलम्बन गरिने छ ।
४. सहकारी
-
कोरोना भाईरस (कोभिड-१९) को महामारीका कारण कमजोर भएको अर्थव्यवस्थालाई चलायमान बनाउन सहकारीलाई एउटा महत्वपूर्ण आधारको रुपमा विकास गरिने छ जसबाट आयआर्जनका क्रियाकलापहरु, साना उद्योग¸ व्यवसाय र रोजगारीका क्षेत्रहरु बढ्नेछन् ।
-
सहकारीलाई कृषि क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था मिलाइने छ ।
-
एकै प्रकृतिका सहकारीमा ‘एक सदस्य एक सहकारी’को नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।
-
नेपाल सरकारले लिएको सरकारी, सहकारी र निजी गरी तीन खम्वे अर्थनीति अवलम्वन गर्दै सहकारी मार्फत लगानि वृद्धि गरि उद्योग मैत्री वातावरण सिर्जना गरिने छ ।
-
नगरपालिकामा संचालित साना किसान सहकारी संस्था, वहुउद्देश्यीय सहकारी संस्था, कृषि सहकारी संस्था, वचत तथा ऋण सहकारी संस्थाहरुको क्षमता अभिवृद्धि र संस्थागत विकासमा सहजीकरण गरिने छ ।
-
सहकारीले स्विकृति लिदाका बखत लिएका उद्देश्य वमोजिम कार्य गरे नगरेको अनुगमन गरी नियमन गरिने छ साथै उदाहरणीय कार्य गर्ने सहकारीलाई पुरस्कृत गरिने छ ।
-
सहकारी संस्थाहरुलाई एक आपसमा एकिकरण (Merge) हुन प्रोत्साहित गर्ने नीति लिईने छ ।
-
विना दर्ता सहकारी वा समूहका नाममा संचालन भएका समूहहरुलाई नियमन गर्ने नीति लिइने छ ।
-
नगरपालिका भित्र आर्थिक कारोबार गर्ने वित्तिय संघ संस्थाहरु नगरपालिकामा अनिवार्य रुपमा सूचीकृत हुनु पर्ने नीति लिइने छ ।
५. वित्तीय क्षेत्रहरु (राजश्व परिचालन)
-
विविध विषयमा करका क्षेत्र पहिचान गरी करको दायरा फराकिलो वनाउदै लैजाने नीति लिइने छ । कर तिर्दा गौरवको अनुभुति हुने वातावरण सिर्जना गरिने छ ।
-
करको दायरामा सूचिकृत हुने करदाताहरुको अभिलेखलार्ई Digitalized गरि अद्यावधिक गरिने छ । नगरपालिकाले प्रवाह गर्ने सेवा सुविधालार्ई कर संग आवद्ध गरी नगरपालिकाको आन्तरिक आयमा वृद्धि गर्ने रणनीति अवलम्वन गरिने छ ।
-
राजश्व परामर्श समितिले दिईएको सुझावलार्ई आधारमानी कर¸ दस्तुर, शुल्क आदि निर्धारण गरी नगरपालिकाको आय श्रोतलार्ई दिगो वनाइने छ ।
-
नगरपालिकालाई तिर्नुपर्ने कर तोकिएको अवधिमा वुझाई उत्कृष्ट कार्य गर्ने करदातालाई प्रोत्साहन स्वरुप सम्मान गर्ने नीति लिइने छ ।
-
करदाता शिक्षा मार्फत नगरवासीलार्ई कर तिर्न अभिप्रेरित हुने वातावरण सिर्जना गरिने छ ।
-
उद्योग/व्यापार क्षेत्रका संघ संस्थाहरुसंग सहकार्य गरी करको दायरा अभिबृद्धि गर्ने नीति अवलम्बन गरिने छ ।
-
नगरपालिका भित्रका हाटबजारहरुको उचित व्यवस्थापन गरि व्यवस्थित तवरले संचालन गर्ने कार्यलाई निरन्तरता दिई हाटवजारवाट प्राप्त हुने राजश्व वृद्धि गर्ने नीति अवलम्वन गरिने छ ।
ख) सामाजिक विकास
१. शिक्षा
-
माध्यमिक तहसम्मको नगर शिक्षालाई एकिकृत नगरविकास योजनासंग आवद्ध गरी सबै सरोकारवालालाई सहभागी बनाई नगर शिक्षा योजना निर्माण गरिने छ ।
-
नगरभित्र वोलिने विभिन्न मातृभाषाहरु र संस्कृत भाषालाई आवश्यकता अनुसार ऐच्छिक विषयको रुपमा शिक्षणको कार्यलाई राष्ट्रिय पाठ्यक्रम प्रारुपको मर्म अनुसार अगाडि वढाइने छ ।
-
नगरभित्र एक गुरुकुल शिक्षा सञ्चालन गर्ने प्रक्रिया शुरु भइसकेको छ¸ यसलाई अझ सुदृढ गरी अगाडी बढाइने छ ।
-
सामुदायिक विद्यालयका प्रारम्भिक वालविकासदेखि कक्षा ५ सम्मका सबै बालबालिकाहरुलाई दिवा खाजा उपलब्ध गराइने छ ।
-
सामुदायिक विद्यालयमा रहेको शिक्षकको कमीलाई सम्बोधन गर्न शिक्षकको दरवन्दी यसै वर्ष मिलान गरिने छ । दरवन्दी मिलानको कार्य सम्पन्न गरी निजी श्रोतमा कार्यरत शिक्षकलाई औचित्यताका आधारमा एक पटकलाई अवसर दिई सबै तहका सरकार सँग समन्वय गरी शिक्षकको कमी हटाउने प्रयास गरिने छ । माध्यमिक तहमा रहेको शिक्षकको कमीलाई हटाउन नगरपालिकाले स्वयंसेवक शिक्षकको व्यवस्थापन गरेकोमा निरन्तरता दिइने छ ।
-
आधारभुत विद्यालयको कक्षा ८ र माध्यमिक तहका कक्षा ८¸ ९ र १० मा सुचना प्रविधिको प्रयोग गरि स्मार्ट एजुकेशन (Smart education) तर्फ अगाडी वढिने छ । शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलाई थप सुदृढ गरिने छ । संस्थागत विद्यालयहरुले समेत स्मार्ट एजुकेशन तर्फ अगाडी बढ्नुपर्ने छ ।
-
नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई सुचना प्रविधिको प्रयोग सम्बन्धी तालिम दिने कार्य प्रारम्भ भइसकेकोमा निरन्तरता दिइने छ ।
-
विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन करार गर्ने र प्र.अ.ले पनि सबै शिक्षकसँग कार्यसम्पादन करार गर्ने व्यवस्थालाई निरन्तरता दिइने छ । यसबाट नतिजामुलक सिकाई, जिम्मेवारी ,उत्तरदायित्व र जवाफदेहिता बढ्न गई विद्यालयको समग्र क्रियाकलापमा गुणात्मक परिवर्तन आई सिकाई उपलब्धिमा समेत वृद्धि आउने छ ।
-
सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठक नियमित रुपमा सञ्चालन गरिने छ ।
-
सामुदायिक विद्यालयहरुले विद्यार्थिको सुविधाको लागि नयाँ सवारी साधन खरिद गर्दा आवश्यक प्रोत्साहन गर्ने नीति लिइने छ ।
-
नगरपालिका भित्रका सबै विद्यालयमा अध्ययनरत कक्षा ६-१२ सम्मका छात्राहरुलाई सेनिटरी प्याड वितरणको कार्यलाई निरन्तरता दिइने छ ।
-
सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिइने छ ।
-
आधारभुत तहको परीक्षालाई मर्यादित, विश्वसनीय, विद्यार्थी मैत्री र प्रतिस्पर्धी बनाउने कार्यलाई निरन्तरता दिइने छ ।
-
शैक्षिक सत्र २०७७ देखि नगरभित्रका सबै विद्यालयहरुमा सामाजिक र नैतिक विषयलाई नेपाली भाषा माध्यम भाषाको रुपमा प्रयोग गरी पठनपाठन गर्नै पर्ने अनिवार्य व्यवस्था गरिने छ ।
-
सामुदायिक वालविकासमा कार्यरत सहयोगि कार्यकर्ता र विद्यालय कर्मचारीको मनोवल उच्च राखि राख्न तालिम दिइनुका साथै प्रोत्साहन का लागि अवलम्वन गरिएको कार्यलाई निरन्तरता दिइने छ ।
-
शिक्षण सिकाइमा सुधारका लागि कक्षा अवलोकनलाई जोड दिइने छ ।
-
शैक्षिक सत्र २०७७ देखी कक्षा ११ र १२ लाई दिवासत्रमै पठनपाठन गर्नुपर्ने व्यवस्थालाई कार्यान्वयन गरिने छ ।
-
आधारभुत तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने कार्यलाई निरन्तरता दिइने छ ।
-
विद्यार्थी संख्या न्युन भएका विद्यालयहरुलाई विद्यार्थी संख्या वृद्धि गर्न उत्प्रेरित गर्ने कार्यलाई निरन्तरता दिइनुका साथै आवश्यकता अनुसार विद्यालय समायोजन गर्ने नीति अवलम्वन गरिने छ ।
-
शिक्षकहरुलाई कार्यसम्पादनका आधारमा पुरस्कार र दण्ड दिने नीति अवलम्वन गरिने छ ।
-
कोभिड १९ को कारणले बालबालिकाको पढाइमा परेको प्रभाव कम गर्न संघीय¸ प्रदेश र अन्य स्थानीय तहसंग सहकार्य गरी सकेसम्म उनीहरुको सिकाइमा क्षति पुग्न नदिने बैकल्पिक विधि र प्रकृयाहरुको कार्यान्वयनमा जोड दिइने छ ।
-
विभिन्न मन्टेश्वरीको नाममा सञ्चालित पुर्व प्राथमिक विद्यालयहरुलाई नियमन गरी निरन्तरता वा खारेज गर्ने नीति लिइने छ ।
-
योग्यतम विद्यार्थिहरुको खोजि एवं प्रतिभा पहिचानका लागि Talent Hunt Program सञ्चालन गरिने छ ।
-
शिक्षकलाई परामर्श सेवा र तहगत रुपमा नतिजा विश्लेषण कार्य गरिने छ ।
-
सबै सामुदायिक विद्यालयहरुमा एउटै रङ्गद्धारा रङ्गरोगन गर्न प्रोत्साहीत गर्ने नीति लिइने छ ।
-
देवदहको जनसंख्याको लागि आवश्यक पर्ने विद्यालय संख्या पर्याप्त रहेकोले धार्मिक र मातृभाषि विद्यालयहरु बाहेक अन्यमा कक्षा १ खोल्ने नयाँ अनुमति नदिइने नीति लिइने छ ।
-
अति विपन्न विद्यार्थिहरुका लागि मापदण्ड वनाई स्टेशनरी र पोषाक उपलब्ध गराउने नीति लिइने छ ।
-
देवदह परिचय र बुद्ध शिक्षा¸ नैतिक र सामाजिक विषय नेपाली भाषामा शिक्षण र कक्षा ११ र १२ को दिवा शत्रमा संचालनलाई विद्यालय¸ शिक्षक र प्रधानाध्यापकको कार्यसम्पादन संग जोडेर पुरस्कृत वा दण्डित गर्ने आधारको रुपमा लिइने छ ।
-
नगरपालिका वाट लिइने आधारभुत तहको कक्षा ८ को परिक्षामा संस्थागत विद्यालयका विद्यार्थिहरुसंग शुल्क नलिने नीति लिइनेछ ।
-
अभिभावक सचेतना कार्यक्रम संचालन गर्ने नीति अवलम्बन गरिने छ ।
-
यसै वर्ष देखि संचालनमा आउने बहुद्देश्यीय कोसेली भवनमा डिजिटल लाईब्रेरीको स्थापना गरी सूचना प्रविधिको उपयोगबाट अध्ययन गर्ने व्यवस्था मिलाईने छ ।
२. स्वास्थ्य
-
देवदह नगरपालिकाको तीन वटै स्वास्थ्य चौकिहरुवाट प्रसुति सेवा सञ्चालनका लागि निर्मित भौतिक पुर्वाधारहरुको निर्माणलाई निरन्तरता दिइने छ ।
-
सिक्टहन स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालनमा ल्याइने छ र अन्य संस्थाका ल्यावहरुलाई समेत सुदृढ गर्दै लगिने छ । एक स्थानमा रिफेरेन्स ल्याबको व्यवस्था गरिने छ ।
-
देवदह नगरपालिकालाई पूर्ण संस्थागत प्रसुति गराई (zero home delivery) नगरपालिका घोषणा गर्न नियमित गर्भवती जाँच र स्वास्थ्य संस्थामा सुत्केरी भएकालाइ न्यानो झोलाको साथमा पोषिलो झोला वितरण गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
-
गर्भवती महिलाले चार पटक गर्भजांच गरेवापत स्वास्थ्य संस्थावाट क्याल्सीयम उपलब्ध गराउने व्यवस्था जारी राखिने छ जसवाट आमा र वच्चाको पोषण स्थितिमा सुधार आउने छ ।
-
खोप तथा गाउँघर क्लिनिकहरुलाई व्यवस्थित गर्न भवन निर्माण कार्यलाई निरन्तरता दिइने छ ।
-
नगरपालिका पूर्ण खोप युक्त क्षेत्र घोषणा भैसकेको हुँदा यसलार्ई पुर्ण खोप सुनिश्चितता र दिगोपनका लागि कार्यक्रम सञ्चालन गरिने छ ।
-
संघ तथा प्रदेश स्वास्थ्य निकायसंग समन्वय गरी स्थायी वन्ध्याकरण शिविर संचालन गरिने छ ।
-
स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरी मैत्री वनाइने छ ।
-
औषधी आपूर्ति तथा भण्डार व्यवस्थापनमा विशेष प्राथमिकता दिइने छ ।
-
महिला स्वास्थ्य स्वयंसेविकाहरुको मनोवल उच्च राख्न दुर्घटना विमालाई निरन्तरता दिइने छ ।
-
६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका विरामी नगरवासीहरुका लागी मेटफर्मिन ५०० तथा एम्लोडिपिन ५ औषधी निशुल्क उपलब्ध गराउने नीति अवलम्वन गरिने छ ।
-
निर्माणाधिन वडा स्वास्थ्य केन्द्र भवन सम्पन्न गरी आवश्यक जनशक्ति सहित सेवा प्रदान सुरु गरिने छ ।
-
ज्येष्ठ नागरिक (८० वर्ष भन्दा माथि) का लागि स्वास्थ्यकर्मीद्धारा घरदैलो स्वास्थ्य जाँच तथा आधारभुत उपचार कार्यक्रम सञ्चालन गरिने छ ।
-
देवदह नगरवासीहरुलाई स्वस्थ वनाउन विभिन्न जनचेतनाका कार्यक्रम सञ्चालन गरिनुका साथै स्वास्थ्य शिविर संचालन गरिने छ ।
-
देवदह स्वास्थ्य चौकि तथा केरवानी स्वास्थ्य चौकिमा अल्ट्रासाउण्ड (USG) सेवाको सम्भाव्यता अध्ययन गरी यसै वर्ष सेवा सुचारु गर्ने नीति लिइनेछ ।
-
धुम्रपान¸ मद्यपान एवं सुर्तिजन्य पदार्थ तथा लागु औषध नियन्त्रण र नियमन गर्न कार्यविधि निर्माण गरी कडाईका साथ लागु गरिने छ ।
-
देवदह स्वास्थ्य चौकिलाई १५ शैयाको अस्पताल निर्माण कार्यलाई निरन्तरता दिइ अर्को वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी बढीने छ ।नगरको दक्षिण भेगको स्वास्थ्य सुविधाको अवस्थालाई मध्यनजर गर्दै १५ शैयाको अस्पताल निर्माण गर्ने कामको सम्भाव्यता अध्ययन गरिने छ ।
-
स्वास्थ्य संस्थाहरुमा सुत्केरी जाँच (PNC) सेवालाई वृद्धि गर्न आवश्यक नीति लिइने छ ।
-
४ पटक गर्भवती जाँच अनिवार्य गराउनका लागी गर्भवती तथा आमा समुह हरुलाई अभिमुखिकरण कार्यक्रम सबै वडाहरुमा संचालन गरिने छ।
-
देवदह अस्पताल निर्माण नहुँदा सम्म १ जना चिकित्सक (डाक्टर) द्धारा नगरभरीका स्वास्थ्य चौकिहरुमा आलोपालो सेवा प्रदान गर्ने व्यवस्था मिलाईने छ साथै सबै स्वास्थ्य चौकीहरुमा दुई दुई वटा ईमरजेन्सी बेडको व्यवस्था गरिने छ।
-
तीनवटै स्वास्थ्य चौकीहरुमा ICT मार्फत Data Entry Reporting System लाई थप व्यवस्थित गरिने छ।
-
नगरका सबै विद्यालयहरुमा स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन शिक्षा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरिने छ।
-
महिला स्वयंसेविका तथा सरकारी विद्यालयहरुमा स्वास्थ्य शिक्षा अध्यापन गर्ने शिक्षकहरुलाई प्राथमिक उपचार सम्बन्धी अभिमुखिकरण गरि एक पटकको लागी सामाग्रिहरु वितरण गरिने छ।
-
महामारी रोग नियन्त्रण तथा रोकथामको लागि आकस्मिक कोषको स्थापना गरि रकमको व्यवस्था गरिने छ।
-
स्वास्थ्य सेवामा खटिएका कर्मचारीहरुलाई सक्रीय एवं प्रभावकारी गराउन संघ तथा प्रदेश संग समन्वय गरी क्लिनिकल अपडेट तालिमको व्यवस्था गरिने छ।
-
नगरको मुख्यालय संगै भवन निर्माण गरी भ्याक्सिन वितरण कार्यलाई अगाडी बढाइनेछ ।
-
जलवायु परिवर्तन सम्बन्धी सचेतना अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
-
डेंगुरोग नियन्त्रण तथा रोकथाम कार्यक्रम सञ्चालन गरिनेछ ।
-
उपप्रमुखसंग वालवालिका तथा गर्भवती पोषण कार्यक्रम संचालन गरिने छ ।
-
आँखा अस्पताल संगको सहकार्यमा मोतिविन्दु भएका व्यक्तिहरुलाई निशुल्क अपरेशनको व्यवस्था मिलाइने छ ।
-
अपाङ्गमैत्री कार्यक्रम संचालन गर्न स्वास्थ्य शिविर र सहायक सामाग्री उपलब्ध गराइने छ ।
-
विभिन्न रोगहरुवाट पिडित भई रगतको आवश्यक परेका नगरवासीहरुलाई निशुल्क रगत उपलब्ध गराइने छ ।
-
निजी मेडिकलहरुलाई व्यवस्थित गर्दै Reporting को दायरामा ल्याउन कार्यक्रम संचालन गरिने छ ।
-
६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स-सम्मान बिदाई दिने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
-
अति शिघ्र कुपोषणलाई निर्मुल गर्न समुदायमा सचेतना सहित खोज पडताल कार्यक्रम संचालन गरिने छ ।
-
पूर्ण खोप र तौल अनुगमन बृद्धिमा नियमितता ल्याउन बालबालिकालाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
-
‘बढ्दो संक्रामक रोग र दीर्घ रोगको अवस्था¸ अस्पताल सम्मको सहज पहुँचता’ भन्ने लक्ष्य प्राप्तिका लागि नगरपालिकावाट एम्वुलेन्स सेवा संचालनमा ल्याइने छ ।
-
सरुवा रोग अस्पताल स्थापना गर्न आवश्यक पहललाई अगाडी बढाइने छ ।
-
प्रदेश सरकारसंगको सहकार्यमा प्रदेश स्वास्थ्य सम्बन्धि आवासिय तालिम संचालन गर्न स्वास्थ्य तालिम केन्द्रको पूर्वाधार विकासको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न समन्वय र सहजिकरण गरिने छ ।
-
नगरवासीहरुलाई सहुलियत दरमा औषधी उपलब्ध गराउने उद्देश्यका साथ ‘नगर फार्मेसी’ संचालन गर्नका लागि संभाव्यता अध्ययन गरि कार्यान्वयन गरिने छ ।
-
नगरपालिका भित्र आयुर्वेद चिकित्सा पद्धतिलाई स्थापना गर्न प्रदेश सरकारसँग समन्वय गर्ने नीति अवलम्बन गरिने छ ।
-
स्वास्थ्य विमा कार्यक्रमका लागि सहजकर्ताहरु नियुक्त भइसकेको परिवेशमा नगरपालिका भित्र यथाशिघ्र स्वास्थ्य विमा कार्यक्रम संचालन गर्ने नीति अवलम्वन गरिने छ ।
३. खानेपानी तथा सरसफाई
-
खानेपानी तथा सरसफाईको अवस्था सम्बन्धमा चालु आ.व.मा नगरका सबै घरधुरीमा घरधुरी सर्वेक्षणको कार्य सम्पन्न भएकोले सो को आधारमा खानेपानी तथा सरसफाईका सम्बन्धमा आवश्यक योजना बनाई प्रदेश सरकार संगको सहकार्यमा कार्यान्वयन गर्ने नीति लिईने छ ।
-
शुद्ध खानेपानीमा पहुँच भएको जनसंख्या बृद्धिका लागि सहलगानीका खानेपानी आयोजनामा नगरपालिकाको तर्फवाट सहभागिता जनाउने नीतिलाई निरन्तरता दिइने छ ।
-
नगरपालिका खुला दिसा मुक्त क्षेत्र घोषणा भै सकेको हुँदा यसलाई दिगो बनाउन सचेतना जगाउने कार्यलाई निरन्तरता दिइने छ ।
-
नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरु तथा कार्यालयहरुमा हरेक शुक्रवार कार्यालय परिसर सरसफाई गर्ने अभियान संचालन गरिने छ ।
-
विभिन्न संघ संस्थाहरुसँग सरसफाई व्यवस्थापनमा सहकार्य गर्ने नीतिलाई निरन्तरता दिइने छ ।
-
यस नगरपालिकालाई सरसफाईयुक्त नगरपालिका वनाउनका लागि पूर्ण सरसफाई क्रियाकलाप अभियानका रुपमा संचालन गरिने छ ।
-
नगरपालिकाको वडा नं ४ र ११ मा निर्माणाधिन खानेपानी आयोजनाहरुलाई यथाशिघ्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने कार्यका लागि र वडा नं १२ मा खानेपानीको बोर गर्ने कार्य यथाशिघ्र सुचारु गर्न आवश्यक पहल गरिने छ ।
-
दाउन्ने¸ क्याप्टेनवास¸ भुलभुले¸ आँधिखोला¸ शिवालय¸ सरनवारी¸ केउली¸ सटाकखोला¸ उजेरी¸ मुढावास¸ दलदले लडियावास क्षेत्रमा शुद्ध खानेपानीको सहज पहुँचका लागि सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिने छ ।
४.संस्कृति प्रवर्द्धन
-
नगरपालिका भित्रका सबै जातजाति, भाषा, धर्म, मौलिक संस्कृति र परम्परा हाम्रा गौरव हुन तिनीहरुको संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइने छ ।
-
जाती र स्थान विशेषका धार्मिक संस्कृतिको संरक्षण सम्वर्धन गर्नको लागि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालन गरिने छ ।
-
कला, संगीत र साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने नीति लिइने छ ।
-
देवदह नगरपालिका वडा नं ५ मा रहेको शवदाहस्थललाई स्थानान्तरण गर्न सुनवल नगरपालिका संगको सहकार्यमा लौकेश्वर क्षेत्रमा संयुक्त शवदाहस्थल निर्माण गर्न संभाव्यता अध्ययन गरी कार्यान्वयन गरिनेछ साथै देवदह १० बडेरीडाँडाको रोहीणी शवदाहस्थललाई व्यवस्थित गरिने छ ।
५. युवा,खेलकुद तथा मनोरञ्जन
-
पानवारी खेल मैदानको निर्माण कार्यलाई संघीय र प्रदेश सरकारको सहकार्य र साझेदारीमा निरन्तरता दिइने छ ।
-
निर्माण कार्य शुरु भैसकेको शीतलनगर क्रिकेट मैदानको निर्माण कार्य संघीय सरकारको सहकार्यमा निरन्तरता दिइने छ । साथै एक वडा एक खेलकुद मैदानको अवधारणालाई अगाडी वढाइनेछ ।
-
देवदह मेयर कप अन्तर वडा स्तरीय रनिङ सिल्ड फुटवल प्रतियोगिता र उपमेयर कप छात्रा भलिवल प्रतियोगिता लगायतका कार्यक्रमलाई निरन्तरता दिदै राष्ट्रीय खेलहरु समावेश गरी नगर खेलकुद महोत्सव सम्पन्न गरिने छ । फुटवल, भलिवल र क्रिकेट खेलको लागी प्रशिक्षणको समेत व्यवस्था मिलाइनेछ ।
-
विभिन्न खेलकुदहरुमा सहभागी भै छानिएका खेलाडीहरुवाट नगरपालिका स्तरीय टिम वनाई अन्तर जिल्ला एवं अन्तरपालिका स्तरीय खेलकुदमा सहभागी गराउने नीतिलाई निरन्तरता दिइनेछ ।
-
समुदायको लगानीमा निर्माण हुने खेलकुद पुर्वाधारहरुमा सहयोग गर्ने नीतिलाई निरन्तरता दिइने छ ।
-
प्रदेश स्तरको अन्य खेलमैदान निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माणका लागि सम्वन्धित निकायसँग पहल गरिने छ ।
-
युवाशक्तिमा रहेको रुचि, क्षमता र स्थानीय आवश्यकता अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत स्थानीय युवाहरुलाई रोजगारीमा जोडीने छ ।
-
सबै विद्यालयका खेलकुद शिक्षकहरुलाई आवश्यकताअनुसार प्रशिक्षण दिने नीति अवलम्वन गरिने छ ।
-
नगरपालिका भित्रका विभिन्न स्थानमा रहेका पिकनिक स्थलहरुको स्तरोन्नती गरी व्यवस्थित एवं सुविधासम्पन्न वनाउने नीति लिइने छ ।
६. लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण
-
लैङ्गिक हिंसा¸ बालविवाह¸ वालश्रम¸ छुवाछुत र सबैखाले भेदभाव जस्ता कुरिति एवं कुप्रथाको अन्त्यका लागि विभिन्न अभियान संचालन गरिनेछ । विभिन्न संचार माध्यमसँगको सहकार्यमा लैङ्गिक समता सम्बन्धि जनचेतना अभिवृद्धी गर्ने कार्यलाई निरन्तरता दिइने छ।
-
महिलाहरुमा भएको परम्परागत सीप प्रवर्द्धन गर्नुका साथै महिला उद्यमशिलता सम्बन्धि कार्यक्रमहरु संचालन गरिने छ।
-
आवश्यक मापदण्ड बनाएर अति विपन्न नगरवासीको पहिचान गरी नगरपालिकाबाट गरिवी निवारण गर्न विशेष कार्यक्रम संचालन गरिने छ ।
-
अति विपन्न तथा एकल महिलाहरुका लागी आयआर्जन सम्बन्धी सिपमुलक तालिम संचालन गरिने छ।
-
जनप्रतिनिधिहरुको लागी महिला सशक्तिकरण, लैङ्गिक समानता, लैङ्गिक हिंसा निवारण लगायतका विषयमा अभिमुखिकरण कार्यक्रम संचालन गरिने छ ।
-
सम्मानित ज्येष्ठ नागरिकहरुको भुमिका र योगदानको उच्च कदर गर्दै ज्येष्ठ नागरिकहरुको संरक्षण साथै सम्मान कार्यक्रमहरुलाई निरन्तरता दिइने छ।
-
नगरपालिका भित्र वडा नं ४¸ ५ र ७ मा निर्माणाधिन ज्येष्ठ नागरिक मिलन केन्द्रहरु लाई यथाशिघ्र सम्पन्न गर्न र वडा नं २ मा निर्माण हुने गरी DPR सम्पन्न भइसकेको जिवन विज्ञान ध्यान योग केन्द्र देवदह भवनको पूर्वाधार विकासमा जोड दिन संघीय एवं प्रदेश सरकार संग विशेष पहल गर्ने नीति लिइने छ ।
-
आमा बाबु लगायत ज्येष्ठ सदस्यहरुको उचित हेरचाह तथा पालनपोषण गर्ने परिवारका सदस्यहरु¸ उत्कृष्ट बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिने छ ।
-
अपाङ्ग, दलित, आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक रुपमा पछाडि परेका वा पारिएका मधेशी वा मुस्लिम वर्ग आदिवासी जनजातिहरुलाई मुलप्रवाहमा ल्याउन संचालित कार्यक्रमहरुलाई निरन्तरता दिइने छ।
-
अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर एवं सक्षम बनाउनको लागि उनिहरुलाई सहयोग पुग्ने किसिमका क्रियाकलापहरु संचालन गरिने छ।
७. बालमैत्री स्थानीय शासन
-
देवदह नगरपालिकालाई वालमैत्री नगरपालिका घोषणा गर्न आवश्यक पर्ने सम्पुर्ण पुर्वाधार तयार गर्ने नीति लिइने छ ।
-
देवदह नगरपालिकाको वडा नं ८ लाई बालमैत्री वडा घोषणा गर्नका लागि तोकिएका अधिकतम सुचकहरु पूरा भएको र पुरा हुन बाँकी सुचकहरु पनी पुरा गरी वालमैत्री वडा घोषणा गर्ने साथै अन्य वडाहरुमा तोकिएका सुचकहरु पुरा गरी क्रमश वालमैत्री वडा घोषणा गर्ने नीति लिइने छ ।
-
नगरपालिका भित्रका सम्पुर्ण पुर्वाधारहरुलाई वालमैत्री वनाउने नीति अवलम्वन गरिने छ ।
-
वालवालिकासंग सम्वन्धित अन्तर सम्बन्धित मुद्दाहरु (Cross Cutting Issues) हरुलाई एकिकृत योजना निर्माण गरि संवोधन गर्ने नीति अवलम्वन गरिने छ ।
-
वालवालिकाहरुको अधिकारको रक्षाका निम्ति आवश्यक पर्ने विभिन्न संयन्त्रहरु निर्माण गरी कार्यक्रम संचालन गर्ने नीति लिइने छ ।
-
नगरभित्र रहेका सबै विद्यालय¸ खानेपानी¸ स्वास्थ्य संस्था¸ सामुदायिक वन लगायतका संघ संस्थाहरुमा बाल क्लबको तर्फवाट अनिवार्य प्रतिनिधित्व शुनिश्चित गर्ने नीति लिइने छ ।
-
वालविवाहलाई निरुत्साहीत गर्न नगरपालिका भित्र विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने नीति लिइने छ ।
ग) पूर्वाधार विकास
१. योजना छनौट संझौता तथा कार्यान्वयन
-
योजना छनौट प्रकृया Bottom up approach मा अवलम्बन गरिने छ ।
-
उत्कृष्ट कार्य सम्पन्न गर्ने उपभोक्ता समिति, वडा तथा राजश्व बढी उठाउने वडालाई सम्मान गर्ने नीतिलाई निरन्तरता दिइने छ ।
-
उपभोक्ता समिती मार्फत सञ्चालन हुने योजनाहरुमा कम्तिमा १५ प्रतिशत लागत सहभागिता गर्नुपर्ने र कालोपत्रे तथा जटिल प्रकृतिका योजनाको हकमा ठेक्का प्रक्रियावाट मात्र संचालन गर्ने नीति अबलम्बन गरिने छ ।
-
उपभोक्ता समितिवाट सञ्चालन हुने योजनाहरु सोही आ.व. को चैत्र मसान्त सम्म संझौता गरिसक्नु पर्ने नीति लिइने छ ।
-
प्रत्येक वडामा कम्तिमा १५ लाख वरावरको वडास्तरीय गौरवको योजना वनाउने कार्यलाई निरन्तरता दिइने छ ।
-
नगरपालिकाको सबै वडामा आवश्यक पर्ने प्राविधिक कर्मचारीको व्यवस्था मिलाई आ.व. ०७८/०७९ देखि लागत इष्टिमेट तयार गरेर मात्र योजना छनौट गर्ने नीति अख्तियार गरिने छ ।
-
नगरस्तरीय गौरवका आयोजना र दीर्घकालिन प्रभाव पार्ने योजनाहरुलाई रकम सुनिश्चीतता गरेपछि मात्र अन्य योजनामा रकम विनियोजन गर्ने नीति अवलम्वन गरिने छ ।
-
सडक¸ कुलो¸ नहरको अधिकार क्षेत्र मिच्ने, सार्वजनिक स्थानमा घर टहरा वनाउने कार्यलार्ई निरुत्साहित गर्दै त्यस्ता कार्य भए गरेमा कानूनी सजायको दायराभित्र ल्याउने नीति लिइने छ । नगरपालिका क्षेत्रभित्र रहेका GPS समेत भइसकेका सार्वजनिक जग्गाहरुको संरक्षण र सम्बर्द्धनमा विशेष जोड दिईने छ ।
-
योजनाको अनुगमन तथा प्राविधिक प्रतिवेदनको आधारमा भुक्तानीको व्यवस्था मिलाइने छ ।
-
उपभोक्ता समितिको कार्य क्षमता, कार्यकुशलता अभिवृद्धि गर्न अभीमूखिकरण कार्यक्रम संचालन गरिने छ ।
-
सडक गुरुयोजना तयार गरी लागु गरिने छ ।
-
नगरपालिकाबाट सञ्चालन गरिने सडक कालोपत्रे लगायत अन्य पूर्वाधार विकासको काममा दिगोपना र प्रभावकारिताका लागि Quality Assurance Plan (गुणस्तर सुनिश्चित कार्य योजना) बमोजिम प्रयोगशाला स्थापना तथा संचालन गरिने छ ।
-
निजी जग्गामा पर्ने सडकहरुको लगत कट्टा गरी सार्वजनिक वाटो कायम गर्ने कार्यको थालनी गरिने छ ।
-
देवदह चक्रपथको सम्भाव्यता अध्ययन गर्ने कार्यलाई पूर्णता दिइने छ ।
-
५० प्रतिशत वा सो भन्दा वढी लागत सहभागिता गरी नाली निर्माण तथा सडक कालो पत्रे माग भई आएमा पहिलो आउनेलाई पहिलो सेवा (first come first serve) का आधारमा योजना छनौट गर्ने नीति लिइने छ । तर कालो पत्रे गर्ने कार्य ठेक्कापट्टा मार्फत सम्पन्न गरिनेछ ।
-
स्थानीय पुल, पालिका पालिका जोड्ने सडक र डि.पी.आर. भएका ठुला पुर्वाधार निर्माणका लागि आवश्यक योजना र बजेट संघीय र प्रदेश सरकारसंग माग गरिने छ । साथै वडा नं. ६ सरनवारी जाने बाटोमा पर्ने ठाडो खोलामा पक्की पुलको डिपिआर तयारी गर्ने कार्य सम्पन्न गरिने छ ।
-
जनसंख्या, भौगोलिक स्थिति तथा राजश्व परिचालन क्षमतालाई आधार मानि बजेट छुट्याउने नीति लिइने छ ।
-
संघीय सरकारबाट विस्तृत परियोजना प्रतिवेदन (DPR) सम्पन्न भैसकेका देवदह नगरपालिकाको वडा नं. ५ को सिमा देखि डाँडाटोल मायादेवी खानेपानी सिङ्गाहा हुँदै पिपरिया देवीदमार सृष्टी सामुदायिक वन सम्म जाने सडक र वडा नं. ११ को प्रगति मा.वि., शंकरपुर, सौदनिया, कदमीपुर हुँदै रामपुर रेहरा चौराहा सम्मको बाटो कालोपत्रेको लागि संघीय सरकारसँग आवश्यक बजेट माग गरिने छ ।
२. सिँचाई
-
नगरपालिका भित्रका कृषियोग्य भूमिमा सिँचाइको व्यवस्था मिलाइने छ ।
-
भै.लु.भु.ज.प. वाट स्थापित सिँचाई योजनाहरुलाई पुनः सञ्चालन गर्ने नीति अवलम्वन गरिने छ ।
-
हाल संचालनमा रहेका र निर्माणाधिन कलुवा बाँध सिंचाई योजना¸ कजरार नदी ढुङ्गे वाँध सिंचाई योजना¸ सोइया सिंचाई योजनाको निरन्तरताको लागि सम्बन्धित निकायमा आवश्यक पहल गरिने छ ।
-
निर्माण प्रकृया शुरु भइसकेको देविदमार बड्की बाध सिंचाई योजना समयमै सम्पन्न गर्न सहजिकरण गरिने छ ।
-
बङ्गला बङ्गाली सिंचाई बाँध¸ कदमिपुर कजरार सिंचाई बाँध¸ पनफेक्का सिंचाई बाँध जस्ता सबै सिंचाइका योजनाहरुको बाँध तथा कुलो संरक्षण ¸प्रवर्द्धन र पूनर्निमाण मा जोड दिइने छ ।
-
देवदह २ मा निर्माणाधिन रोहिणी सिंचाई बाँध योजना अनुरुप समयमै सम्पन्न गर्नका लागि आवश्यक सहजिकरण र विशेष जोड दिइने छ ।
३. भवन तथा सहरी विकास
-
नगरपालिकाको तत्कालिन¸ मध्यकालिन एवं दिर्घकालिन विकासको लागि संघीय एवं प्रादेशिक योजनासंग आवद्ध गर्दै नगरपालिकाको बस्तुगत तथ्यमा आधारित भई आवधिक योजना निर्माण गर्ने कार्य पुरा गरिने छ ।
-
पुर्जा, नक्सा र भोगचलन फरक पर्न गई नक्शा पास गर्ने प्रक्रियामा भएको कठीनाइलाई दृष्टिगत गरी हाल साविक वा पुनः नापी गर्ने कार्यलाई प्राथमिकता दिइने छ ।
-
घर जग्गा नक्सा पासलाई अझ प्रभावकारी ढंगले नियमित गर्दै लगिने छ ।
-
नगरपालिका क्षेत्रभित्र बन्ने घरहरुको नक्सा बनाउने परामर्शदाता अनिवार्य रुपमा नगरपालिकाको कार्यालयमा सुचिकृत हुनुपर्ने र सूचिकृत नभएको परामर्शदातावाट पेश गरेको घर नक्सा स्विकृत नगर्ने नीति अवलम्बन गरिने छ ।
-
घर नक्सा सम्बन्धि नगरपालिकाले अवलम्वन गरेको नीति र परामर्शदाताले गरेको कार्य बाझिन गई सेवाग्राहीले व्यहोर्न परेको असुबिधा अन्त्यका लागि सुचिकृत परामर्शदाताहरुलाई अभिमुखिकरण गरिने छ ।
-
भवन संहिता तथा निर्माण सम्बन्धि मापदण्ड विपरित नक्सा तयार गरेमा तथा भवन संहिता विपरित भवनको Structural Design गरेमा वा गलत प्रमाणित गरेमा यसको जिम्मेवार सोहि परामर्शदाता हुने नीति लिइने छ ।
-
नेपाल सरकारवाट जारी भएको राष्ट्रिय भवन संहितालाई क्रमश लागु गर्दै जाने नीति लिइने छ ।
-
राष्ट्रिय भवन संहिताको मापदण्ड विपरित नभएको अवस्थामा नगरवासिको अनुरोधलाई ध्यान दिई पुराना भवनहरुको अभिलेखिकरणको कार्यलाई थप व्यवस्थित गरिने छ ।
-
ईलाका प्रहरी कार्यालय स्थापनाका लागि जग्गाको भोगाधिकार लिने कार्यलाई अगाडी वढाइने छ ।
-
देवदह नगरपालिका वडा नं ९ मा रहेको प्रदर्शनी स्थलको गुरुयोजना बनाई सोही अनुरुप जग्गाको संरक्षण र संरचना निर्माण कार्यलाई अगाडी बढाइने छ ।
-
अव्यवस्थित जग्गाको अभिलेख संकलन गरी वैज्ञानिक व्यवस्थापन गरिने छ ।राष्ट्रिय आवास कम्पनी¸ छुट कित्ता, गाँउ ब्लक, उखडा जस्ता जग्गाहरुको जग्गा धनी प्रमाण पुर्जा प्राप्तिका लागी सम्वन्धित निकाय संग समन्वय गरिने छ ।
-
संघ र प्रदेश सरकारको आयोजनामा भुमि समस्याको समाधान गरी भुमिहिनलाई जग्गा र अव्यवस्थित बसोवासलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन आवश्यक पहल गरिनेछ ।
-
नगरक्षेत्रभित्र उपयुक्त स्थानको पहिचान गरी नगर वसपार्क निर्माण गर्नको लागि सम्भाव्यता अध्ययन गरिने छ¸ साथै नगरक्षेत्रभित्र संचालन हुने ई- रिक्सा¸ टेम्पो¸ तिनपाङ्ग्रे आदी सवारी साधनको भाडादरमा एकरुपता ल्याउन शुल्क तोकि नियमन तथा संचालनको व्यवस्था मिलाइने छ ।
४. उर्जा
-
विद्युतिकरण हुन वाँकी रहेका वस्तीहरुमा विद्युत प्राधिकरणको सहकार्यमा विद्युतिकरण गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
-
विद्युत भोल्टेज कम भई आम नगरवासीलाई भएको असुविधा अन्त्य गर्न सम्वन्धित निकायमा पहल गरिने छ ।
-
संघीय सरकारको सहकार्यमा सौर्य उर्जा प्रविधि जडान¸ बायोग्यास जडान¸ सुधारिएको चुलो (बायोमास) प्रविधि जडान कार्यलाई निरन्तरता दिइने छ ।
५. सञ्चार
-
सूचना र संचारलाई शिक्षामा जोड्न ‘प्रविधिमैत्री शिक्षक’को अवधारणा अनुरुप सामुदायिक विद्यालयका कक्षा ८¸ ९ र १० मा अध्यापन गर्ने शिक्षकहरुलाई ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम अन्तर्गत निश्चित रकम अनुदान दिने नीति अवलम्वन गरिने छ । यसका लागि ल्यापटप नभएका शिक्षकले नगरपालिकालाई निवेदन मार्फत जानकारी गराउनुपर्ने छ सोही आधारमा ल्यापटप खरिद गरी यो आर्थिक वर्ष भित्र तलबबाट कट्टा गर्ने गरी ल्यापटप उपलब्ध गराइने छ ।
-
नगरवाट प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने नीति लाई निरन्तरता दिइने छ ।
-
नगरका गतिविधीहरु वारे आम नगरवासी लाई सुसुचित गर्न स्थानीय पत्रपत्रिका रेडियो र टेलिभिजनवाट नियमित कार्यक्रम संचालन गरिने छ । स्थानीय एफ.एम. रेडियोको प्रवर्द्धनका लागि पहल गरिने छ ।
-
नगरपालिकाको सुचना र जानकारीहरुको लागि नगरपालिकाको वेवसाइटलाई निरन्तर अद्यावधिक राख्ने व्यवस्था मिलाईने छ ।
-
रेडियो, टेलिभिजन तथा पत्र पत्रिकासँग समन्वय गरी नगरपालिकाबाट प्रदान गरिने सेवा, सुविधा, विविध जानकारीहरु, सूचना तथा शिक्षामूलक सन्देश प्रवाह गरिनेछ ।
-
टेलिफोन लाइन तथा मोवाइल नेटवर्क नपुगेका स्थानमा सेवा विस्तारका लागि सम्वन्धित निकायमा आवश्यक पहल गरिने छ ।
घ) वातावरण तथा विपद व्यवस्थापन
१. वन तथा भू संरक्षण
-
नगरपालिका क्षेत्रका सार्वजनिक तथा सामुदायिक वनमा रहेका वनजन्य स्रोत तथा वन्य जन्तुहरु एवं जैवीक विविधताको संरक्षण गरिने छ । साथै नगरक्षेत्र भित्र रहेका प्राकृतिक र सार्वजनिक पोखरीको पहिचान गरी संरक्षण र संवर्द्धन गर्ने नीति लिइने छ ।
-
नगरपालिकामा रहेका नदी उकास जग्गा, सामुदायिक वन, निजी वन तथा सार्वजनिक र खाली जग्गाहरुमा स्थानीयको सहभागितामा वृक्षारोपण कार्यक्रम संचालन गरिने छ ।
-
वन सम्पदाको संरक्षण तथा व्यवस्थापन गर्दै आर्थिक विकासमा टेवा पुर्याउन उपभोक्ताहरुलाई अभिप्रेरित गरिने छ ।
-
सामुदायिक वनहरुले गर्ने आय आर्जनलाई नगरपालिकाको विकास निर्माणको मूल प्रवाहिकरणमा सहयोग पुग्ने गरी नीति वनाई लागू गरिने छ ।
-
नगरक्षेत्रभित्र रहेका सामुदायिक बनहरुले बनाएको कार्ययोजना नगरपालिकावाट स्विकृत गराई कार्यान्वयन गर्नुपर्ने र स्थानीय सरकार संचालन ऐन ले तोकेको शुल्क अनिवार्य रुपमा सामुदायिक बनहरुले नगरपालिकामा जम्मा गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने छ ।
-
वातावरण मैत्री स्थानीय शासन प्रारुप तयार गरि कार्यान्वयन गर्दै लगिने छ ।
-
जलवायु परिवर्तनवाट हुने असरलार्ई न्यूनीकरण गर्न वातावरण संरक्षणमा सहयोग पुर्याउने खालका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
-
प्रारम्भिक वातावरणीय मुल्यांकन (IEE) समयमै सम्पन्न गरी नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्ने व्यवस्था गरिने छ साथै, कार्यविधि निर्माण गरी नगरवासिले नदिजन्य पदार्थ सरल र सहज तरिकाले प्राप्त गर्ने व्यवस्था मिलाइने छ । नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यलाई नियन्त्रण र नियमन गर्ने कार्यलाई प्रभावकारी बनाइने छ ।
२. विपद् व्यवस्थापन
-
हालैमात्र नेपाल लगायत विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड-१९) को महामारीका कारण विश्व नै आक्रान्त बनेको अवस्थालाई एउटा सिकाईको रुपमा लिंदै विपद् व्यवस्थापनलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिई यसका संरचनालाई चुस्त, प्रभावकारी र स्रोत साधनले सम्पन्न बनाउने नीति अवलम्वन गरिने छ ।
-
महामारी¸ आगजनी ¸बाढीपहिरो¸ चट्याङ¸ भुकम्प¸ हावाहुरी लगायतका प्राकृतिक प्रकोप को सामना गर्न विपद प्रतिकार्य कार्ययोजना वनाई सरोकारवालाहरुको सहभागितामा कार्यान्वयन गरिने छ ।
-
नदी नियन्त्रण तथा श्रोत संरक्षणका लागि तटवन्ध एवं वातावरण संरक्षणका लागि आवश्यक कार्यक्रमहरु क्रमश संचालन गर्दै लगिने छ ।
-
प्रत्येक वडामा खुल्ला क्षेत्र एवं आपतकालिन केन्द्र स्थापनाको लागि सम्भाव्य क्षेत्र पहिचान गरी कार्यान्वयनमा जोड दिइने छ ।
-
स्थानीय विपद् व्यवस्थापन कोषमा रकम विनियोजन गरी प्रभावकारी उपयोग गर्ने व्यवस्था मिलाइने छ ।
-
छिमेकी गाउँपालिका तथा नगरपालिकाको लागत साझेदारीमा विपद् व्यवस्थापनको लागि दमकलको व्यवस्था गरिने छ ।
-
द्वन्द्वपीडित नागरिकहरुको लागि आवश्यक राहत तथा पुनःस्थापनाका कार्यक्रम संचालन गरिने छ ।
३. फोहोर मैला तथा ढल व्यवस्थापन
-
निषेधित क्षेत्र भित्र फोहोर फाल्ने कार्यलाई निरुत्साहित गर्नुको साथै अटेर गर्नेलाई कारवाहीको दायरामा ल्याइनेछ ।
-
नगरपालिका क्षेत्रमा सरसफाइलार्ई अभियानको रुपमा नै संचालन गर्न आफ्नो घर, टोल क्षेत्र सरसफाई राख्न अभिप्रेरित गर्ने र प्रतिस्पर्धात्मक, चेतनामूलक कार्यक्रमहरु संचालन गर्न टोलविकास संस्था मार्फत सम्पूर्ण टोलवासीहरु तथा स्थानीय संघ संस्थाहरुलाई परिचालन गरिनेछ । नियमित रुपमा सरसफाई अभियान संचालन गरिनेछ ।
-
घर घरबाट निस्कने फोहरलार्ई कुहिने र नकुहिने फोहोरमा विभाजन गरी कुहिने फोहरलार्ई प्राङ्गारिक मलको रुपमा उपयोग गराउन अभिप्रेरित गरिनेछ । वजार क्षेत्रको फोहर मैला व्यवस्थापनमा समुदायको अनिवार्य सहभागिता गराई व्यवस्थीत गरिनेछ ।
-
जसले फोहोर गर्छ, उसैले सफा गर्नुपर्छ भन्ने नीति अवलम्वन गरिनेछ ।
-
सडकमा छाडा पशु तथा अन्य पशुहरुलाई जथाभावी छोड्ने परिपाटिलाई निरुत्साहित गर्दै सफा र सुरक्षित सडक वनाउने नीति अवलम्वन गरिने छ ।
-
हामी सबैको एउटै बोल¸ सफा आँगन सफा टोल भन्ने उद्देश्यका साथ सरसफाइमा विशेष सक्रियता देखाउने टोलको पहिचान गरी पूरस्कृत गर्ने तथा सबै टोल विकास संस्थाहरुलाई सरसफाइमा सक्रिय बनाउने नीति लिइने छ ।
-
नगरपालिकाको फोहोर व्यवस्थापनको लागि ल्याण्ड फिल्ड साइटको व्यवस्थापन गरिने छ । टोल विकास संस्थाहरुलाई सरसफाई व्यवस्थापनमा आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराईने छ ।
ङ) संस्थागत विकास तथा सेवा प्रवाह
१. सुशासन प्रवर्द्धन
-
सेवा प्रवाहका सन्दर्भमा प्राप्त हुन आएका सुझाव सल्लाह एवं गुनासो र उजुरी सुनुवाईको आवश्यक व्यवस्था मिलाईने छ ।
-
नगरपालिका कार्यालयबाट प्रवाह गरिने सेवा सम्वन्धि सर्वसाधारण र सरोकारवाला व्यक्तिहरुलार्ई जानकारी गराउन सूचना अधिकारीको व्यवस्था थप प्रभावकारी वनाईने छ ।
-
सुशासनका आधारभूत पक्षहरु उत्तरदायित्व, जवाफदेहिता, पारदर्शिता, जनसहभागितालार्ई प्रबर्द्धन गर्दै सेवाग्राहीहरुलार्ई सुशासनको अनुभूति दिलाईने छ ।
-
भ्रष्टाचार र अनियमिततामा शुन्य सहनसिलताको निति अवलम्बन गरिने छ ।
-
सुशासनमा थप सहयोग पुर्याउन नगर प्रहरीको व्यवस्था गरिने छ ।
-
अधुरा तथा क्रमागत आयोजनाहरुलाई निरन्तरता दिइ पुरा गर्न जोड दिइने छ । अनुगमन तथा मूल्यांकन पद्धतिलार्ई नियमित, भरपर्दो र नतिजामूलक वनाई विकास कार्यक्रम तथा योजना कार्यान्वयनको पक्षलार्ई थप प्रभावकारी वनाइने छ ।
-
सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई जस्ता क्रियाकलापहरुको माध्यमबाट पारदर्शिता अभिबृद्धि गर्दै लगिने छ ।
-
संगठनात्मक सुशासन एवं कार्यालय सञ्चालनलाई व्यवस्थित गर्न विद्युतीय हाजिरी परिपाटीलाई निरन्तरता दिइने छ ।
-
कार्यालयहरुलार्ई प्रविधी मैत्री वनाउन जोड दिईने छ ।
-
नगरपालिकावाट प्रदान गर्ने सेवाको गुणस्तर सुधार गर्दै प्रकियालार्ई सरलीकृत गर्ने र सेवामा जनताको पहुँच अभिवृद्धि गर्ने नीति लिईने छ ।
-
जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय र जनमैत्री वनाईने छ ।
-
सामाजिक सुरक्षा वापतको रकम वैंक मार्फत उपलब्ध गराउने नीतिलाई निरन्तरता दिइने छ ।
-
नगरपालिकाको पुर्ण वा आंशिक आर्थिक सहयोगमा संचालन गरिने व्यवसायिक प्रवर्द्धनका कार्यक्रमहरुमा नगरपालिकालाई स्टल शुल्क¸ महशुल लगायतका क्रियाकलापहरुमा शुल्क तिर्न नपर्ने गरी संचालन गर्ने नीति लिइने छ ।
-
नगरपालिकाको विकास व्यवस्थापन, आयोजना छनौटको आधार तथा तथ्याङ्कमा आधारित सेवा प्रवाहलाई व्यवस्थित गर्नका लागि आवधिक योजना तयार गर्ने कार्य प्राथमिकताका साथ अघि बढाइने छ ।
२. कानुन र न्याय
-
न्यायमा जनताको पहुँच नजिक पुर्याई जित जितको अवस्था सिर्जना गरि न्युन आयश्रोत भएका तथा पिछडिएको वर्गलाई न्यायमा पहुँच पुर्याउने नीति लिईने छ ।
-
घरदैलोमै न्याय भन्ने मान्यतालाई अंगिकार गरी न्यायिक समितिलाई थप सशक्त र व्यवस्थित वनाइने छ ।
-
मेलमिलापको माध्यमवाट विवाद समाधान गर्ने कार्यलाई प्राथमिकता दिइने छ ।
-
हरेक वडामा संचालित मेलमिलाप केन्द्रलाई व्यवस्थित बनाउने कार्यलाई निरन्तरता दिइने छ ।
-
न्यायिक समिति र मेलमिलापकर्ताहरुको क्षमता विकासका लागि कार्यक्रमहरु संचालन गरिने छ ।
-
हिंसा पिडित महिला तथा असहायहरुको लागि कानुनी सहायता तथा उपचारकोषको व्यवस्था गरिने छ ।
-
लैङ्गिक हिंसा रहित समतामुलक समाज निर्माणका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिने नीति लिइने छ ।
३. उपभोक्ता हित संरक्षण :
-
उपभोक्ताहरुको हितलाई ध्यानमा राखि नगरभित्र संचालित हाटबजारहरु एवं अन्य बजार क्षेत्रको नियमित अनुगमन गर्ने व्यवस्थालाई निरन्तरता दिई उपभोक्ता स्वास्थ्यलाई ध्यान दिईनेछ ।
४. अन्तर्राष्ट्रिय सहयोग¸ सहकार्य र सम्बन्ध विस्तार नीतिः
-
नगरपालिकाको पर्यटन¸ कृषि¸ शिक्षा¸ स्वास्थ्य र खेलकुद लगायतको विकास अन्तर्राष्ट्रिय सहयोग र अनुभवको आदानप्रदान गर्न एवं पालिका र अन्तर्राष्ट्रिय पालिका विच भगिनी सम्बन्ध कायम गर्न अन्तर्राष्ट्रिय संघ संस्था विच सम्बन्ध विस्तार र सहयोगको आदानप्रदान गर्ने नीति लिइने छ ।
-
पालिकाको समग्र विकासलाई केन्द्रमा राखी राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पालिकाहरु संग भगीनी सम्बन्ध र सरकारी गैरसरकारी संघ संस्था विच संस्थागत सम्बन्ध विस्तार गरिने छ ।
-
राष्ट्रिय अन्तराष्ट्रिय सरकारी गैरसरकारी संघ संस्थाको सहयोग लिने दिने र संस्थागत सम्बन्ध विस्तार गरी आर्थीक तथा प्राविधिक सहयोग लिने नीति अनुसार युरोपको लुम्विनी गार्डेन फाउण्डेसन स्पेन र यस पालिकाको संस्थागत सम्बन्ध कायम भएको छ ।अन्य निकायहरुसँग समेत सम्बन्ध विस्तार गर्ने नीति लिइने छ ।
-
पालिकाको पर्यटन¸ शिक्षा¸ खेलकुद¸ संस्कृति¸ स्वास्थ्य¸ कृषि¸ फोहोरमैला व्यवस्थापन लगायत एकिकृत विकासका लागि लुम्विनी गार्डेन फाउण्डेसन स्पेन संगको सम्बन्धलाई थप संस्थागत गरी समन्वय र सहकार्य गरिने छ ।
-
पालिकाको विकासको लागि विश्व शान्तीका अग्रदुत भगवान गौतम बुद्धसँग सम्बन्धित अन्य पालिकाहरुसँग समन्वय र सहकार्य गरिने छ ।
-
यस पालिका र नेपालको पर्यटन लगायतको क्षेत्रको विकासको लागि समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ स्पेनको एस्त्रेमादुरा प्रदेशको क्यासेरेस (caceres) नगरपालिकामा लुम्विनी सांस्कृतिक नगरपालिका¸ यस नगरपालिका र क्यासेरेस (caceres) नगरपालिकाको सहकार्यमा लुम्विनी गार्डेन फाउण्डेसन स्पेन द्धारा निर्माण हुन लागेको बुद्ध गार्डेनमा आवश्यक प्राविधिक तथा सांस्कृतिक सहयोग आदान प्रदानको नीति लिइने छ ।
-
लुम्विनी सांस्कृतिक नगरपालिकामा रहेको लुम्विनी माड्रिड सचिवालय को समन्वय कार्यालयको भुमिकालाई संस्थागत गरी प्रभावकारी बनाउने नीति अवलम्वन गरिने छ।
देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलबाट कार्यक्रमको उद्देशमाथी प्रकाश रहेको सातौं नगर सभामा नगर प्रमुख हिरा बहादुर खत्रीबाट प्रस्तुत नीति तथा कार्यक्रमको संचालन प्रशासकिय अधिकृत गंगा पन्थीले गर्नुभएको थियोे ।