बन्दना पोखरेल
रामपुर, असार १३ । बर्दले फाटँ जल उपभोक्ता संस्थाको नहर निर्माण सम्पन्न भएको छ । पाल्पाको रामपुर नगरपालिका–१० गेझा मा रहेको बर्दले फाटँ सिचाई आयोजनाको नहर समयावधिभन्दा ५ महिना अघि नै सम्पन्न भएको हो । २०६६ साल जेठ १२ गते सम्झौता भई काम अगाडि बढाईएको थियो । उक्त नहर प्रदेश ५ प्रदेश सरकारको ४ करोड ९३ लाखमा ठेक्का आवहान भएपछि केविसि विल्र्डस ईको ईन्जिनियरिङ्ग कम्पनी चितवनले ठेक्का पाएको थियो ।
३ करोड ९० लाखमा ठेक्का लिए सँगै काम सुरु गरको विल्र्डस कम्पनीले सम्झौता भन्दा पहिला नै काम सम्पन्न गरेको छ । बर्दले फाटँ जल उपभोक्ता समितीका अध्यक्ष बैकुण्ठ खनालका अनुसार ६ किलो मिटर नहरमा अहिले साढे चार किलो मिटर सम्पन्न भएको छ । पानि जाने ५ वटा शाखामा ५ वटा ढोका निर्माण गरिएको छ । यो नहरले १ सय ५ हेक्टर जमिनमा सिचाई गर्न सकिनेछ । २०४९ सालमा स्थानिय मिलेर झम्मा खोला बाट बाँध बाधि कुलो खनेर ल्याईएको हो अहिले पक्कि नहर बने सगैँ पानि सहज रुपमा आउने भएको छ स्थानि रुद्र सेढाईले भने ।
पहिले बिचमा पानि ढाडिएर खेतमा आईपुग्दा अति सानो हुने हिउदमा पानि लगाउन साह्रै गाह्रो हुने ठाउँठाउँमा पानि चुहिने समस्या रहेकोमा अहिले निर्माण भएको जतिमा समस्या नरहने र जसले गर्दा मुहानको पानि खेत सम्म नै पुग्नेछ । त्यस्तै अर्का कृषक भक्त बहादुर सिंजालिले बाकिँ रहेको ठाउँमा पनि काम गर्न पाए राम्रो हुने भन्दै प्रदेश सरकार सगँ माग गर्ने बताए ।
चार सय ३२ घरधुरि उपभोक्ता रहेको बर्दले फाटँ सिचाई आयोजनामा स्थानियले श्रमदान समेत गरेका छन् । स्थानिय उपभोक्ता केदार राज पाण्डेले भने– प्राविधिक, सामाजिक र आर्थिक रुपमा आयाम पु¥याएको यस नहरमा जनताका तर्फबाट १५ लाख ४४ हजार ७ सय २४ बराबरको श्रमदान भएको छ ।
स्थानिय उपभोक्ता सुकमाया विकले भन्नुहुन्छ अब हिउँदे बालि पनि सजिलै सगँ लगाउन सकिने बताइन् । यसबाट उत्पादन पनि बढ्नुको साथै हामि महिला जसले कृषि गरेर जिविकोपार्जन गरिरहेका छौँ खेतमा पानि लगाउन सहज भए सँगै आर्थिक रुपमा र सामाजिक रुपमा समेत समय मिलाउन सकीने उनले बताइन् ।
नहर बनेसँगै बर्दले फाटँमा खालि र सुख्खा रहेका एवः कुलो भए पनी आकासे पानिको भर पर्नु पर्ने बाध्यता टर्ने भएको छ । धान, गहूँ, मकै, तरकारि लगाएतका बालि उत्पादन हुने यस समथर भुभागमा नहरको महत्व अत्यन्त बढि रहेको छ ।