काठमाडौं, असार १३ । नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म १२ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ३०९ पुगेको जानकारी दिएका हुन् ।
कुन जिल्लामा कति थपिए ?
नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाभइ अपडेट मार्फत नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् ।
नयाँ थपिएका संक्रमितहरु जना १२० महिला र जना ४३४ पुरुष रहेका छन् । हालसम्म १ हजार ३६९ महिला र १० हजार ९४० पुरुष गरी १२ हजार ३०९ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । रसुवामा एकजना महिला र ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका ७ प्रदेशका ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ६ जनाको पीसीआर परीक्षण गरिएको थियो । डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा उदयपुरका ३ जना महिला र ४ जना पुरुष, इलामका ५ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना महिला र एकजना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३ पुरुष, महोत्तरीका एक महिला र २९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका एक महिला र एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका एकजना महिला र १२ पुरुष, अर्घाखाँचीका १६ जना पुरुष, वैतडीका ६ जना महिला र १८ जना पुरुष, बझाङका ४ जना पुरुष, बाजुराका एकजना महिला र ३ जना पुरुष, बाराका एकजना महिला र ७ जना पुरुष, डडेल्धुराका २ जना महिला र ६ जना पुरुष, धादिङका ३ जना पुरुष, डोटीका १५ जना महिला र ३१ जना पुरुषमा कोरोना पुष्टि भएको छ । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८३४ पुगेको छ । जसमध्ये महिला १८ र पुरुष ११८ रहेका छन् । नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।
ज्यान गुमाउनेको संख्या २८ पुग्यो
नेपालमा शनिबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाएको छ । उनको कोरोना परीक्षणको रिपोर्ट पोेजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।
यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ । त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।
यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।
त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष र दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला गरी २७ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।