बुटवल, असार १५ । रुपन्देहीको सैनामैनामा सोमवार दिउँसो भएको सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनीमा लु २ च ८५२९ नम्बरको कार र लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना–१ का ३० वर्षीय सन्तोष परियार र ५० वर्षीय टेकबहादुर परियार छन् । दुवै बुवाछोरा हुन् । सुरेश इलाका प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान हुन् । दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए ।
कार र मोटरसाईकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कारमा ४ जना सवार थिए । कार चालक भीउबहादुर रोकामगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भएको राठोरले बताए ।