बन्दना पोखरेल
पाल्पा, असार १८ । जिल्लाको निस्दी गाउँपालिकाका कृषकहरुले अनुदानमा मिनिटिलर हाते ट्याक्टर पाएका छन्। निस्दी गाउँपालिका कृषि शाखाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको हो ।
कृषि शाखा संयोजक खिमराज कोइरालाका अनुसार पहाड कुना काप्चा भिरपाखाका लागि पनि यो हाते ट्याक्टरले काम गर्न सकिन्छ । निस्दीका ११ जना कृषक, कृषक समुहलाई ट्याक्टर वितरण गर्दै निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले अनुदानमा पाएको आधुनिक कृषि औजारबाट खेतीपाती गरेर आत्मनिर्भर हुन अनुरोध गरेका छन् ।