बुटवल, असार २१ । धर्म श्रृजना टोल विकास संस्था बुटवल–८ सुख्खानगरको आयोजनामा वृक्षारोपण गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित धर्मपथ (क) सडकको फुटपाथमा आइतबार वृक्षारोपण गरिएको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बुटवल–८ का वडा अध्यक्ष भिमबहादुर श्रेष्ठ, संस्थाका पूर्वअध्यक्ष, सल्लाहाकार, सदस्यहरु र स्थानीयवासीको उपस्थितिमा विभिन्न ५ प्रजातिका ६० भन्दा बढी बिरुवा रोपिएको टोल विकास संस्थाकी अध्यक्ष पवित्रा ज्ञवालीले बताइन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बिरुवा रापेर वृक्षारोपणको शुभारम्भ गरेका हुन् । वृक्षारोपण गर्दै उनले यसबाट हरियाली प्रवद्र्धनलाई बढवा दिन र वडालाई हराभरा पार्न मद्दत पुग्ने बताए । उनले भने, ‘बुटवललाई स्वच्छ र हराभरा शहरका रुपमा विकास गर्न प्रत्येक घरले २ वटा बिरुवा अनिवार्य रुपमा लगाउनुपर्छ ।’ साथै उनले आफू उपमहानगरको प्रमुख रहँदासम्म र आप्mनो कार्यकाल सकिएपछि पनि संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे ।
कार्यक्रममा वडा अध्यक्ष भिमबहादुर श्रेष्ठले यस वडालाई बुटवलकै नमुना वडा बनाउन आफू निरन्तर लागिरहेको बताए । संस्थाकी अध्यक्ष पवित्रा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य गोमा ज्ञवाली, भवानी सुवेदी, गौमती सुनार, इन्जिनियर ज्ञानप्रसाद अर्याल, दिप बोर्डिङ स्कुलका प्राचार्य टिकाराम न्यौपानेलगायतले बोलेका थिए ।
टोल विकास संस्थाकी अध्यक्ष ज्ञवालीले आगामी दिनहरुमा पनि संस्थाले विभिन्न सामाजिक कामहरु गर्दै जाने बताइन् । साथै उनले आगामी दिनमा पनि संस्थालाई सबैको साथ र सपोर्ट चाहिने भन्दै सहयोग गरिदिन आग्रह गरेकी छन् । उपभोक्तामा समितिका अध्यक्ष पदमबहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन देवकी गिरीले गरेकी थिइन् ।