काठमाडौं, असार २४ । नेपालमा बुधबार थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबारसम्म संक्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
यस्तै बुधवार थप दुई सय ५३ जना डिस्चार्ज भएका छन् । योसँगै निको भएर घर फर्किनेको संख्या सात हजार सात सय ५२ पुगको छ । यो संख्याकुल संक्रमितको ४७ दशमलव २ प्रतिशत हो । आजसम्म क्वरेण्टीनमा २५ हजार ४० जना र आइसोलेशनमा आठ हजार ६ सय ३६ जना रहेका छन् ।
कोरोनाको संक्रमण देशका ७७ जिल्लामै फैलिएको थियो । अहिले संक्रमणमुक्त हुने जिल्लाको संख्या पाँच पुगेको छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला र मुस्ताङ संक्रमणमुक्त भएको गौतमले बताए । सबै संक्रमित निको भएपछि ति जिल्ला संक्रमणमुक्त भएका हुन् । यसैगरी पाँच सयभन्दा बढी संक्रमित भएको जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम कैलाली र बाजुरा रहेका छन् ।