तुलसी राम पौडेल
मायादेवी ,असार २७
रुपन्देहीको मायादेवी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले बालविकास हातेपुस्तिका विकास को सन्दर्भमा विज्ञ/ सरोकार वाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ! गाउँ पालिका अध्यक्ष ध्रुव नारायण चौधरी को अध्यक्षता, शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक मनोज गैरेको प्रमुख आतिथ्यता, शिक्षा निर्देशनालय महाशाखा प्रमुख थानेश्वर ज्ञावाली, गाउँपालिका उपाध्यक्ष तारादेवि यादव, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगाना , लेखा अधिकृत ओमेश गैरे, शिक्षा समिति सदस्य श्रीराम यादव पत्रकार कृष्ण मल्ल , गाउपालिका प्रसासन शाखा अधिकृत पम्फा पन्थ, शिक्षा महासघ मायादेविका सभापति सतिश चन्द्रमणि त्रीपाठि लगयतको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगानाको स्वागत मन्तव्य रहेको कार्यक्रममा गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले मानव विकास को जग बालविकास रहेको बताउनुभयो ।कार्यक्रमको सहजीकरण एव संचालन मायादेवि गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायण लामिछानेले गर्नुभएको थियोे ।