तुलसी राम पौडेल
मायादेवी ,असार २७
रुपन्देहीको मायादेवी गाउपालिका स्वास्थ शाखाको आयोजनामा नसर्ने रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो।अभिमुखिकरण कार्यक्रममा मधुमेह ,मुटुरोग ,क्यान्सर र दम रोगको बारेमा विशेष प्रशिक्षण दिइएको थियोे ।कार्यक्रमको सहजीकरण प्रशिक्षक लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा० सागर न्यौपानेले र बसन्तपुर प्राथमिक स्वास्थ केन्द्रकी स्टाफ नर्स सरिता खत्रीले गर्नुभएको थियोे ।
गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगानाको स्वागत मन्तव्य ,स्वास्थ शाखा प्रमुख भास्कर आत्रेयको संचालनमा सम्पन्न सो कार्यक्रममा गाउपालिका उपाध्यक्ष तारादेवी यादव लगायत कार्यपालिकाका पदाधिकारीहरु ,सदस्यहरु,पालिका कर्मचारी ,स्वास्थ कर्मी र समाजसेविको सहभागिता रहेको थियो ।