तुलसी राम पौडेल
फर्साटिकर,असार २८
रुपन्देहीको शुद्दोधन गाउपालिकामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ। शुद्दोधन गाउपालिकाको आयोजना तथा पिस नेपाल कपिलवस्तुको सहयोगमा सामाजिक परिक्षण सम्पन्न भएको हो।
कार्यक्रमको सहजीकरण पिस नेपाल कपिलवस्तुका
शुभाकान्त भुसाल र मणिप्रसाद गैरेले गर्नुभएको थियोे ।सामाजिक परिक्षण अन्तरगत आर्थिक वर्ष ०७६/०७७ मा सम्पन्न भएका गाउपालिकाका विकास निर्माणका गतिविधि ,प्रदेश र संघियबाट प्राप्त भएका बजेटको प्रस्तुति गरिएको थियोे ।
गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको अध्यक्षता, उपाध्यक्ष शान्ता ज्ञवालिको आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत अनन्त पाणि मरासिनबाट स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश माथी प्रकाश गर्नुभएको कार्यक्रमको संचालन गाउपालिका वडा नम्बर ३ का सचीव अग्नि प्रसाद पौडेलले गर्नुभएको थियो ।