बुटवल, असार ३१ । पछिल्लो समयमा नेपालि श्रोता दर्शक माझँ आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार पुर्सोतम भण्डारी (पुर्खे बा) को नयाँ मौलिक तीज गीत ‘बुबा आमाको बेदना’ बजारमा आएको छ । यो गीत गत वर्षको तीजमा बजारमा आएको ‘पानी मरुवा’ बोलको गीतको भाग–२ भएको बताइएको छ । भण्डारीले आफ्नै अफिसियल युट्युव च्यानल पुर्खे बा मार्फत उक्त गीत सार्वजनिक गरेका छन् ।
गीतमा स्वयम् पुर्खे बा कै शब्द सृजना र भाका संकलन रहेको छ भने आवाजमा उनलाई तिवारी आमाको नामले परिचित गायिका लक्ष्मी तिवारी र निश्चल सुनारले साथ दिएका छन् । उक्त गीतको भिडियो पुर्खेबाले आफ्नै गृह जिल्ला गुल्मीमा छायांकन गरेका छन् । पुर्खे बा र पुर्सोतम गैरेले निर्देशन गरेको भिडियोलाई गणेश सापकोटाले छायांकन गरेका छन् । भिडियोमा पुर्खे बा, तिवारी आमा, पत्रकार हेमराज अधिकारी, महेश बस्याल र सम्पन्न श्रेष्ठको अभिनय रहेको छ । भिडियोको सम्पादन भने समिर रामदामले गरेका हुन् जसमा रंग सुबास अमगाईले भरेका छन् । गीतलाइ प्रकाश भट्टराई र चम्पा कुँवर थापाले निर्माण गरेको बताइएको छ ।
भिडियो हेर्नुहोस्