बन्दना पोखरेल
रामपुर, साउन ४ । पाल्पाको रामपुर नगरपालिका–१० मा रहेको बर्दलेफाँट सिँचाई आयोजना जल उपभोक्ता समितिको कुलो पुनः निर्माण पछि शनिबारबाट पानी सुचारू गरिएको छ । कुलोको मुहान झम्मखोलाको केउरादी गैरामा वैदिक परम्परा अनुसार पुजा गरेर पानी संचालन गरिएको हो ।
प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य युवराज खनालले पुजा गरेर कुलोमा पानीको शुभारम्भ गरेका छन् । कृषिबाट आम्दानी लिनका लागि सिंचाई हुनुपर्ने बताउँदै प्रदेश सभा सदस्य खनालले सिंचाई सुबिधा पुगेपछि अब कृषकहरू उत्पादन बढाउनतर्फ लाग्नुपर्ने बताए । छोटो समयमा कुलो पुनः निर्माण गरिएकोमा समितिलाई धन्यवाद दिदै कृषिमा आधुनिकीकरण गरेर रामपुर नगरलाई नमुना कृषि क्षेत्रका रूपमा अगाडि बडाइने उनले बताए ।
यस आयोजनाको छ किलोमिटर नहर मध्ये अहिले साढे चार किलोमिटर नहर पुनः निर्माणको काम सम्पन्न भइसकेको छ र बाँकी डेढ किलोमिटर पुनः निर्माणका लागि प्रदेश तथा स्थानीय सरकारसंग सहयोग माग गर्ने समितिले जनाएको छ । आयोजनाबाट चार सय ३२ घरधुरीका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
कुलो निर्माण कार्यमा स्थानीय उपभोक्ताले १५ लाख ४४ हजार सात सय २४ रकम बराबरको श्रमदान गरेका छन् । पाँच वटा शाखा रहेको यस आयोजना अन्र्तगत एक सय पाँच हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुबिधा पुग्नेछ । खेतबारीमा सिंचाईका लागि पक्की नहर कुलो नहुँदा सिंचाई गर्न समस्या थियो । पक्की कुलो बनेपछि उपभोक्तालाई खेतबारीमा सिंचाई गर्न सजिलो हुनेछ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर अध्यक्ष कमलराज भट्टराईले कच्ची कुलो हुँदा खेतबारी सम्म पानी पुर्याउन समस्या झेल्दै आएका उपभोक्तालाई अब पक्की कुलो बनेपछि सिंचाई गर्न सजिलो हुने बताए । कार्यक्रम सन्चालन उपभोक्ता टिकाराम पौडेलले गरेका थिए ।
२०७६ साल जेठ १२ गते सम्झौता भई काम अगाडि बढाईएको थियो । प्रदेश ५ प्रदेश सरकारको ४ करोड ९३ लाखमा ठेक्का आवहन भए पछि केविसि विल्र्डस ईको ईन्जिनियरिङ्ग कम्पनी चितवनले ठेक्का पाएको थियो । विल्र्डस कम्पनीले ३ करोड ९० लाखमा ठेक्का लिएको थियो ।
ठेक्का लिए सगँै काम सुरु गरको कम्पनीले सम्झौता भन्दा पहिला नै काम सम्पन्न गरेको छ । समयमा काम सम्पन्न गर्न स्थानियले सहयोग गरेको इन्जिनियर पुरम यादवले बताए । सिँचाइ डिभिजन पाल्पाका प्रमुख गोपाल थापाका अनुसार यसको यसको मोटाइ १० सेन्टिमीटर छ भने गुणस्तरिय नहर निर्माण भएको छ ।
नहरको उचाइ ८० र चौडाइ ६० सिमि रहेको छ । हस्तान्तरण गर्न बाकिँ रहे पनि काम सम्पन्न संझौता अनुसार सम्पन्न भएको छ । स्टमेट नाप नक्सा अनुसार गुणस्तरिय काम भएको सिँचाई डिभिजन पाल्पाका प्रमुख थापाले बताए ।
बर्दले फाँट जल उपभोक्ता समितीका अध्यक्ष बैकुण्ठ खनालका अनुसार ६ किलो मिटर नहरमा अहिले साढे चार किलो मिटर सम्पन्न भएको छ । पानि जाने ५ वटा शाखामा ५ वटा ढोका निर्माण गरिएको छ । यो नहरले १ सय ५ हेक्टर जमिन सिँचाई हुने छ । २०५१ सालमा स्थानिय मिलेर झम्मा खोलाबाट बाँध बाधि कुलो खनेर ल्याईएको हो । अहिले पक्कि नहर बने सगैँ पानि सहज रुपमा आउने भएको स्थानीय टंक खनाल बताए ।
बिचमा पानि ढाडिएर खेतमा आईपुग्दा अति सानो हुने हिउदमा पानि लगाउन साह्रै गाह्रो हुने ठाउँठाउँमा पानि चुहिने समस्या रहेको मा अहिले निर्माण भएको जतिमा समस्या नरहने र यसको फाउन्डेसन मिलेको छ । जसले गर्दा मुहानको पानि खेत सम्म नै पुग्ने भन्दै खुशि व्यक्त गरे । त्यस्तै अर्का कृषक भक्त बहादुर सिंजालिले बाकिँ रहेको ठाउँमा पनि काम गर्न पाए अन्यन्त राम्रो हुने भन्दै प्रदेश सरकार सगँ माग गर्ने बताए ।
सम्पन्न हुनु पर्ने मिति भन्दा करिव ५ महिना पहिला सम्पन्न भएको नहरका उपभोक्ता मिना कोइराला भनिन्, ‘अब हिउँदे बालि पनि सजिलो सगँ लगाउन सकिन्छ । यसबाट उत्पादन पनि बढ्छ हामि महिला जसले कृषि गरेर जिविकोपार्जन गरिरहेका छौँ खेतमा पानि लगाउन सहज भए सगँै आर्थिक रुपमा र सामाजिक रुपमा समेत समय मिलाउन सकिन्छ ।’ अब बर्दले फाटँमा खालि र सुख्खा रहेका एवः कुलो भए पनी आकासे पानिको भर पर्नुपर्ने बाध्यता टर्ने भएको छ । धान गहूँ मकै तरकारि फलफूल लगाएतका बालि उत्पादन हुने यस समधर भुभागमा नहरको महत्व अत्यन्त बढि रहेको छ ।