बुटवल, साउन २२ । मेची महाकाली बुहारी संयुक्त आवाज शाखा कार्यलय बुटवल रुपन्देहीले वृद्ध आश्रमलाई खाद्यान्न सामाग्री सहयोग साथै सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ पाखापानी स्थित सिद्धबाबा दुर्गाभवानी शिव कुमारी सैजु वृद्ध आश्रममा बस्दै आएका वृद्धवृद्धाहरुलाई खाद्यान्न सामाग्री सहयोगसँगै सम्मान गरिएको हो ।
प्रदेश सभा सदस्य दिपा विश्वकर्माको प्रमुख आतिथ्यता तथा बुटवल शाखा अध्यक्ष लता खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सम्पन्न गर्न मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु सुब्बा शर्माले अमेरिकाबाट ६ हजार ३८ रुपैयाँ सहयोग गरेकी छन् । साथै मेची महाकाली बुहारी संयुक्त आवाज रुपन्दहीका सल्लाहाकार, कार्यसमिति र सदस्यहरुले संयुक्त रुपमा रकम व्यवस्थापन गरी वृद्धवृद्धाहरुलाई सम्मान गर्दै खाजा खुवाएर खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।
घर परिवारबाट हेला भएका र अन्य विभिन्न कारणले घर परिवार छोडेर आश्रममा बस्दै आएका वृद्धवृद्धाहरुलाई सहयोग गर्ने उदेश्यले खाद्यान्न सामाग्री हस्तातरण गरिएको संस्थाले जनाएको छ । लामो समयदेखि कोरोना भाइरस (कोभिड–१९) को महामारीले जनजिवन अस्तव्यस्त भएको समयमा आश्रममा आश्रित वृद्धवृद्धाहरुलाई बस्न खानाका लागि सहजहोस भन्ने उद्देश्यले दैनिक भान्सामा प्रयोग हुने खाद्यान्न सामाग्री सहयोगसँगै वृद्ध बुबाआमाहरुलाई सम्मान गरिएको अध्यक्ष खड्काले बताइन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगल, धनु श्रेष्ठ, विष्णुमाया के.सी., सीमा वन, शान्ता अधिकारी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन कल्पना गौडेलले गरेकी थिइन् ।