बन्दना पोखरेल
बदलिँदो परिवेशसँगै समाजमा केही परिवर्तन हुँदै छ तर पनि सामाजिक संस्कार रीतिरिवाजका नाममा थुप्रै विभेद भएका छन् । त्यसमध्ये एक हो वैवाहिक विधि । विवाह आपसी समझदारी र सम्झैता हो तर पनि त्यसमा अपनाइने विधि महिलामाथि विभेद छन् र महिला–पुरुषप्रति कति आश्रित छन् भन्ने देखाउँछ । जस्तोकि विवाह छिनेदेखि विवाह सम्पन्न हुँदासम्म र त्यस पछिका पारिवारिक र सामाजिक व्यवहारहरु केटी पक्षको पारिवारिक काम झन्झटिला छन् जुन विभेदकारी छन् । जसका कारण महिलाको स्वाभिमानमा र आत्मबलमा ठेस पुगिरहेको हुन्छ ।
हरेक सस्ंकारका काममा महिला वा केटी पक्ष नै निहुरिन पर्छ । जस्तो कि दुलाहालाई ढोग्ने, गोडाको पानी पिउने जस्ता संस्कार जीवितै छन् । जसले गर्दा महिलको आत्मबल र आफूप्रतिको आत्मविश्वासमा कमि आउने गदर्छ । मन लागोस् वा नलागोसे त्यहाँ प्रतिबाद गर्न सक्ने साहस हुँदैन । सम्मान र समक्षदारी अनि बराबरीका कुरा महिला र पुरुष जीवनसाथीका कुरा हुन् । यसलाई समतामूलक समान सस्कारको विकास नभएकाले महिला नै झुक्नुपर्ने र झुकिरहेको देखिन्छ । समान र साथीका कुरा भैसकेपछि किन महिला दोस्रो दर्जाको नागरिक हुनु पर्ने । अझ अन्य समुदायको तुलनामा हिन्दू संस्कार र संस्कृतिमा यस्ता थप्रै विभेदकारी परम्परा छन् । दुलहीले दुलाहाको जुठो खानुपर्छ । अझ परिवारका अन्य सदस्य जेठाजु–सासुराको अगाडि टाउको ढाक्नुपर्छ अनि भुइँका ढोग्नु पर्छ । सासू–ससुरा, नन्द–अमाजू देवर–जेठाजु सबै नातालाई आफ्नो शिर झुकाएर गोडा ढोग्नुपर्छ । जसको विरुद्धमा कोही बोल्दैनन् र आफ्नो संस्कृति र यसलाई सम्मानको रुपमा लिँदै जाने चलन रहेको छ । यसप्रति महिला अर्थात् नव विबाहीत नारीको मनमा कति ठेस पुगेको होला कसैले कल्पना गरेको हँुदैन । विबाह सस्कारका कुरा गरिरहँदा आफूलाई जन्माएर हुर्काएर माया ममता दिएर राख्नुभएका बुबा आमाले आफन्त सबैले गाई जस्तो दान गरेर दिने चलन छ । के नारीको आफ्नो अस्तित्व छैन, खै उस्को घर, यी नै महिला हिंसाको प्रमुख कारण हुन् ।
जौतिल कुस राखेर महिलाको हात मारे पाप पाले पून्य भन्दै गाईवस्तु जस्तो गरी दान दिने चलन सामाजीक रुपमा जकडिएर रहेको महिला हिंसाकोे स्वरुप हो । विवाह भैसकेपछि सम्दीसम्देनी भेटघाट जस्ता सस्कारका नाममा सके पनि नसके पनी देखासिकी गर्दै बहुमल्य उपहार केटी पक्षले केटा पक्षलाई दिने चलन छ । हरेक पटक केटी पक्षलाइ नै यस्ता सस्कारमा आर्थिक बोझ थपिएको छ । विबाहपछि दुरन फर्काउने नाममा केटा पक्षको तर्फबाट दही, केरा र कुराउनी जस्ता वस्तु उपहारमा र भेटमा ल्याउने गरीन्छ । त्यसको पनि दोव्वर तेव्बर मूल्य चुकाउनु पर्छ ताकी केटीलाई घरमा कसैले कुनै कुराको दोष दिएर ताना नमारोस् । यस्ता सामाजिक सस्कारले केटी पक्षकालाई आर्थिक भार पारेको हुन्छ ।
विवाह सस्कार हाम्रो जिबनमा महत्वपूर्ण अंग मानिन्छ । हाम्रा कानुन र सस्कार पनि त्यतै तिर केन्द्रीत रहेको छ । हुनत विवाह अत्यन्त व्याक्तिगत विषय हो । विवाह सामाजिक सस्कारहो जसले उमेर पुगेका केटा र केटीबीचको र उनीहरुको पारिवारिक रुपमा पनि सहमाति भैसकेपछि एक अर्काको परिवारलाई र समाजलाई साक्षी राखेर वर र वधू जीवनभर दुख–सुख बाँड्ने संकल्प गर्नछन् । यस्तो महत्वपूण दिनमा सामाजिक रुपमा देखिएको विभेदले हरेक महिलालाई चिराचिरा पा।िरदिएको छ । दुई परिवार विचको नाता जोडिने दिनमा पनि असमान व्यवहार गरिन्छ । विबाहसँगै केटी पक्ष सानो हुने मान्न्छि र सधै झुक्नुपर्छ । अतिथि सत्कारमा विषेश ध्यान दिनुपर्ने, भोज भतेरमा ख्याल गर्नुपर्ने, केटा पक्षको आफन्त नातागोतालाई पैसा, गरगहना, लत्ताकपडा जस्ता वस्तु दिनुपर्ने, जन्तीलाई खाममा पैसा राखेर दिनुपर्ने सस्कार र प्रचलन अहिले पनि कायमै छ । जसले गर्दा केटी पक्षलाई आर्थिक भार पर्दछ ।
समान हैसियतकी केटीले केटाको गोडामा ढोग्नु पर्ने संस्कार अझै हटेको छैन, बेहुलालाई विचमा राखेर कलस लिएर घुम्नु पर्ने चलन अहिले पनि उस्तै छ । यस्ता सस्कारले नै विबाहकै दिनदेखि महिलालाई परनिर्भर बनाएका छन् । केटालाई भगवान् मानेर गरिने यो संस्कारले महिलाको आत्मविश्वासमा ठेस पुगिरहेको छ । विबाह केटाकेटीको समान सम्बन्ध स्थापना गर्ने कार्यक्रमहो यो कसैको पनि सम्मानमा ठेस पु¥याउन हुँदैन ।
वैदिक परम्पराअनुसार विबाह संस्कार जुन कन्यादान छ, त्यसमा केटी पक्षका बाबुले कपाल फाल्ने र मारे पाप पाले पून्य भन्दै दिने गरिन्छ । महिला त्यहँ दोस्रो नागरिकको हैसियतले अर्काको घरमा प्रवेश पाउँछन् । दानबाट प्राप्त भएको व्यक्तिको के सम्मान होला के उसको हैसियत के अनि महिलाको घर कहाँ छ त आखिर । यस्ता घटना शिक्षित र बुजेका आत्मनिर्भर महिलालाई पनि निरिह बनाएको छ । विवाहमा समाजमा सांस्कृतिक परम्पराको यो चलनले महिलालाई निरिह बनाएको छ । पढेलेखेका परिवारमा पनि यसको समस्या उस्तै छ उखान नै छ , मूलको पनि नुहिनुपर्छ बाससरी भन्ने चलन छ । जति पढेलेखेका छन् अनि जति ठूलो घरका छोरी हुन सहनुपर्ने भन्ने अर्थ लाग्छ । समाजमा परिवार र आफन्तको विषमा इज्जत भन्दै गर्दा नबाहिर आएर आफ्ना कुरा गर्न सक्थे । यसले गर्दा महिला र पुरुषको विभेद विवाहबाट नै सुरु भएको छ ।
स्वभाविक रुपमा विवाहका यस्ता परम्पराले दुखी बनाउँछ । पितृसत्तात्मक सोचको उपज हो यो र हामी समयअनुसार बदलिन आवश्यक छ । त्यसबेलाको समाजलाई बाँध्न शक्ति सन्तुलनको रुपमा पुरुष हावि थियो र आफ्नो अनुकुलको रीति, संस्कार निर्माण भएको हुनपर्छ । हामी समाजको परिवर्तन सँगै म आफू परिर्वतन हुँदै अगाडि बढ्ने कि समाजलाई परिर्वतन गर्न समाजभन्दा फरक भएर समाज परिर्वतनका लागि जागरुक गराउनतिर लाग्नु हाम्रो कर्तव्य हो, जसको लागि सबैले मिलेर परिर्वतनतिर लाग्नु आवश्य देखिन्छ ।
छोरीलाई हेरिने सामाजिक दृष्टि नवदलीनुमा यस्ता सामाजिक संस्कार मुख्य कारण हुन् । संविधानले कुनै पनि परम्परा र संस्कारका नाममा महिलामाथि विभेल गर्न पाइँदैन भनेको छ तर विवाहबारी र पारिवारिक कानुन संविधानको मर्मअनुरुप परिर्माजन हुन सकेका छैनन् । विद्यमान कतिपय कानुनी व्यवस्था संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माणको बर्खीलापमा छन् । ती कानुनहरु संविधान र बदलिँदो समाजको भावनाअनुरुप बदलिनु आवश्यक छ ।
जब एक छोरी विवाह भएर जान्छे उसमाथि थुप्रै जिम्मेवारी थपीएका हुन्छन् । सानातिना हेलाहोचो मात्र होइन, शारीरिक मानसिक आर्थिक हिंसासमेत हुने गर्छ जसको कारण महिला आफूलाई असुरक्षित महसुस गरिरहेकी हुन्छन् । पुरुषभन्दा महिलाहरु शारीरिक र बौद्धिक दृष्टिले कमजोर हुन्छन् र उनीहरुले पुरुषहरुसित सबै क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने गलत धारण पुरुष सत्तले युगौँदेखि चलाएर आएको छ । यस सोचलाई ध्वस्त पार्न सबै क्षेत्रमा परिवर्तन हुनु आवश्यक छ । यसको लागि व्यापक सहभागिताका साथ नीति निर्माण र सत्ता सञ्चालनमा र कार्यान्वयन गर्ने निकायमा महिलाको पहुँच विस्तार गर्नु जरुरी रहेकोे छ ।
हुनत कतिपयले भन्न सक्न् कि आफ्नो इच्छा भयो भने सम्मानका लागि यी सबै गर्न सकिन्छ । केटालाई ढोग्ने, जुठो खाने जस्ता परम्परा हुन् भनेको पनि समुदायमा गन्यमान्य र जान्ने सुन्ने र पढेलेखेका महिलाले पनि यस्तो भनेको पाइन्छ तर त्यसले सुस्त सुस्त मनोसामाजिक असर हुने गर्दछ र त्यसले महिलालाई दोस्रो दर्जाको नागरिक र सहने जिम्मेवारी दिइरहेको पाइन्छ । यस्ता विभिन्न घटनाले सामाजिक र मनोसामाजिक रुपमा घर गर्दछ र महिलालाई कमजोरको संज्ञा दिन्छ । समतामूलका सभय समाज निर्माणका लागि नारीको सम्मान गरी नारी दुर्गा, सरस्वती लक्ष्मी र धर्ती हुन् भन्ने भावनालाई आत्मसाथ गर्दै समान व्यवहारमा अरुको अपेक्षा होइन आफू र आफ्नो परिवारबाट सुरु गर्नु आजको आवश्यकता हो ।