प्रा.डा. मोतीलाल शर्मा
अहिले देशमा कोराना सन्त्रास बढेसँगै बाढी पहिरो र त्यसले निम्त्याएको डुबानको समस्या पनि थपिँदा हामी नेपालीगम्भीर आपत्कालीन अवस्थाबाट अघि बढिरहेका छौं भन्दा अत्युक्ति नहोला । यो समयमा देशका सम्पूर्ण जनतातथा राजनीतिकदल र तिनका कार्यकर्ताहरू पंक्तिबद्ध भएर दुखिरहेको स्थानमा मल्हमपट्टी बनेर आपत्मा परेका जनताको आँसु पुछ्न जमर्काे ग¥यौं भने ठूला देखिएका समस्या पनि सबैको साथ सहयोगले समाधान गर्न सकिन्छ ।
आपसी मतभेदलाई पन्छाएर सरकारले गरिराखेको प्रयासमा साथ दिने बेला हो यो । समस्या समाधानको दिशामा प्रभावकारी देखिएर अघि बढ्नको लागि सबैका साथ र सहयोग चाहिन्छ नै । यस्तो कहरको समयमाकसले कहाँबाट कसरी सहयोग पु¥याएको छ, खटिरहेको छ, आÏनो पार्टी पंक्तिलाई कसरी परिचालित गरिएको छ भनेर आम जनमानसले मूल्याङ्कन गरी राखेका छन् ।
देशमा यस्तो अप्ठ्यारो परिस्थिति अनि विश्वव्यापी कोरोना महामारीसित जुधिरहेका देशको अर्थतन्त्रलाई बचाइराख्नु पर्ने चुनौतीको सामनासँगै प्राकृतिक विपद् पनि थपिएको समयमा सत्ता पक्षका वरिष्ठ भनिने नेतागण भने ताइँ न तुइँको घर झगडा मच्चाउन तल्लीन देखिएका छन् । अहिले आफ्ना झिनामसिना मत भिन्नतालाई पन्छाएर आफ्नो अगाडि आइपरेको समस्यासित जुध्न जनता र सरकारलाई मार्ग निर्देशन गर्नु पर्नेमा काठमाडौंमाबसी सुरक्षाकर्मीका दलबलसहित कहिले कता कहिले कता दौड लगाइरहेका छन् ।
यो सबै कुरा आम मानिसलाई स्वीकार्य भइरहेको छैन र आदर्श भनाउँदा नेताहरू जनताको नजरमा झन्झन् गिर्दै गइरहेको आभाष हुन थालेको छ । अझ प्रधानमन्त्री पनि भइसकेका र पार्टीको नेतृत्व पनि लामो समयसम्म गरिसकेका नेतागण आफ्नो हैसियत बिर्सेर अहिले बढीजसो खुमलटारका शारदाप्रसाद अधिकारीको घरको बैठकमा हातमल्दै कसैलाई पर्खिरहेको कारुणिक अवस्था त झन् उराठ लाग्दो देखिन्छ । गत आमनिर्वाचनमा राजनीतिक स्थिरताको लागि भनेर जनताको घरदैलोमा जाँदा यो सामान्य चुनाव हैन, समाजवादको राजमार्गमा अघि बढ्नको लागि चुनावअति नै महत्वपूर्ण रहेको र जनताको व्यापक सहभागिताले हामीलाई जिताउनु प¥योभन्दा जनताले पनि मन फुकाएर मतदान दिएका हुन् ।
समाजवादउन्मुख संविधानजारी गर्न नाकाबन्दी र हेपाहा प्रवृृतिको बाबजुद तत्कालिन नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा वर्तमानप्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरेका थिए र हरेक टोलटोल तथा गाउँ बस्तीमा खुबै चर्चा कमाइरहेको सन्दर्भमा अर्काे पार्टीसित गरेको गठबन्धनले अझ उत्साह थपेको थियो । अहिले पूर्ण रूपमा दल एकीकरण सम्पन्न गरिसक्नु पर्ने थुप्रै कामहरू बाँकी नै रहेको अवस्थामा स–साना कुरालाई निहुँ बनाएर बखेडा खडा गरेको कुरालाई आमजनता र कार्यकर्ताले पटक्कै रुचाएका छैनन् ।
कोराना महामारीलाई सम्बोधनगर्न नेपाल सरकारले खेलेको भूमिकालाई विश्व स्वास्थ्य संगठनले पनि सन्तोषजनक मानेको अवस्था छ, यद्यपि हामीले सुधार गर्नुपर्ने थुप्रै कुराहरू छन् । गर्नुपर्ने सुधार काकार्यलाई सत्तापक्षीय भनिएको दलबाट रचनात्मक सहयोग भएमा अझ प्रभावकारी बन्न जान्छ । नेपालले आÏनो भूमि समेटेर जारी गरेको नक्साको कारण छिमेकीसित सम्बन्धमा फाटो आउने भनेर कुर्लनेहरू अहिले त्यसैको श्रेय लिन हामीले निर्णय गरेको हो, मेरो अध्यक्षतामा लिइएको निर्णय भनेर बारम्बार दाबी गरेको कुरा सुन्नमा र पढ्नमा आइरहेको छ । आम नेपाली जनताले बुझ्नु पर्ने कुरा बुझेकै छन् । जसले जतिजोडका साथदाबी गरे पनि त्यो सन्तोष कै कुरा हो ।
अहिले जुन िवषयलाई भनेर बैठकको नाममा किचलाहरू गरिएका छन् त्यसमा आमकार्यकर्ता र जनता, अनि बुद्धिजीवीहरूले पटक्कै नरुचाएको अवस्था छ । नेतृत्वको प्रश्न उठाउनु भनेको साँच्चै जनमतको घोर अपमानको विषय हो र एकीकरणको समयमा परिस्थितिको गहन विश्लेषण गरेर निर्माण गरिएको विधानको ठाडो उल्लंघन पनि हो । यस्ता असामयिक तथा अवाञ्छित विषयलाई उठाउने गरेका वरिष्ठ भनेका नेतागणहरू विगतमा परीक्षण गरिएकाहरू नै हुन् र देशजनताको नजरमा लगभग खरो उत्रिन नसकेका पात्रहरू नै हुन् । यस्तै गतिविधि रहिरहे अब अढाई वर्षपछि हुने आमनिर्वाचनमा धेरैको जग राम्रैसित हल्लिने कुरामा शंका रहने छैन । सत्तारुढ पार्टीकाशीर्ष भनिएका नेताहरूले आÏनो दलको सरकारलाई पूर्ण रूपमा सफल गराउन चिन्ता लिनु पर्ने हो तर त्यो पटक्कै देखिँदैन । सरकारलाई असफल तुल्याउन खोजेर, कालान्तरमा कसलाई खुशी पार्न खोजिँदैछ, जनता जान्न चाहन्छन् ।
दक्षिण छिमेकी देशका सञ्चार माध्यमहरूले नेपाल, नेपाल सरकार र नेपालीहरूबारे खेदो खनेर जुन अनर्गल समाचारहरू कोठामा बसेर बनाए र प्रशारण गरे, त्यसको बारेमा पूर्वप्रधानमन्त्रीहरूबाट र खासगरी पार्टीको विदेश विभाग प्रमुखबाट किन जनताले स्पष्ट सुन्ने र बुझ्ने गरी खण्डन गरिएको, जवाफ फर्काएको सुन्न पाएनन् ? उहाँहरू सबै त्यसबारेमा बोल्नु पर्दैन र ! उहाँहरूको दायित्वभित्र त्यो कुरा किन परेन ? विशेष भागखोजेर सरकार तथा विभिन्न नियुक्तिहरूमा आÏनो उपस्थिति पनि जनाउने तर त्यही नेतृत्वलाई असहयोग गर्ने गरी बढाइएका कदमहरू सरकार प्रतिमात्रै लक्षित नदेखिएर प्रकारान्तरले देश र जनताको विरुद्ध पनि देखिन जानेछ । यस प्रकारले उहाँहरूको व्यक्तित्व खिँइदै गएर झन् पुड्को बन्ने निश्चित प्रायः छ ।
अहिले प्रधानमन्त्री केपीशर्मा ओलीलाई समकालीन नेपालको अपरिहार्य आवश्यक व्यत्तित्वको रुपमा नेपालीहरुले लिएका छन् । सिमा समस्याहरु छन्, नेपाल र नेपालीको स्वाभिमानमा ठेस पु¥याउने खालकाथुप्रै प्रयासहरु गरिएका छन् । एक सार्वभौम राष्ट्रको स्वाभिमानलाई उँचो बनाइराख्न र संसारमा नेपालीहरुलाई सम्मानदिलाउन कसैले सक्छ भने त्यो केपी ओलीबाट मात्र सम्भवछ । खहिले नेपाल राष्ट्रमाथि धम्किपूर्ण भाषा प्रयोग गरी होच्याउने जुनप्रवृत्ति दक्षिणतिरबाट गरिएका छ त्यसको समुचित प्रतिवाद सरकारको नेतृत्वबाट भएकोछ । त्यो प्रतिवाद सिंगाो पार्टीले पनि एकमतले गर्दा हाम्रो सम्मान अझ बढ्न जाने थियो । मानिस आफैँमा पूर्ण हुँदैन र उसका कमीकमजोरीहरु पनि हुन्छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्षे केपी ओलीमा पनि स्वाभाविक रुपले कमजोरी नहुने कुरै भएन तर समकालीन नेपाली राजनीतिमा उहाँको कुनै तुलना हुनै सक्दैन । यति आँट भएको प्रधानमन्त्री वास्तवमा नेपालले पाउनु गौरवको कुरा हो । आÏनै पार्टीका ठूला कहलाइएकाहरुबाट किन सहयोग मिलिराखेको छैन, यो सबै नेपालीले गर्ने गम्भीर प्रश्न बन्न गएको छ । नेपाली इतिहासमा थुप्रै सम्झनलायक दूरगामी सकरात्मक प्रभाव पार्ने कामहरु केपी आलीबाट पहिलो र दोस्रो प्रधानमन्त्रीत्वकालमा भएका छन् । नेपाली जनतालाई अहिले परिणाम चाहिएको छ । सिमा विवाद सधैँको लागि हल गर्ने आँट र कौशल वर्तमान प्रधानमन्त्रीको नेतृत्वबाट मात्रै सम्भव देखिन्छ भत्रे कुरा सबैले महशुस गरेकै हो ।
प्रमुख प्रतिपक्ष दलअहिले संगठन सुदृढिकरण गर्दै महाधिवेशन सम्पन्न गर्ने दिशामा अघि बढिरहेको छ । सरकारलाई रचनात्मक आलोचना र टिप्पणी गर्नु उसको राजकीय धर्म पनि हो । त्यसको विपरीत सत्तारुढ दलभित्रैबाट यत्रतत्र सर्वत्र आमजनमानसलाई वाक्कदिक्क पार्ने गरी गरिएका क्रियाकलापहरू अपाच्य बन्दै गइरहेका छन् । आमनिर्वाचनमा के भनेर जनताको बीचमा पुगिएको थियो, त्यसको हेक्का राख्नु पर्दैन ? एकपछि अर्काे गल्ती गर्दै जाँदा भोलि निर्वाचनमा कुन मुखले जाने ? तपाईंहरूको राष्ट्रिय–अन्तर्राष्ट्रिय भूमिका हुँदैन ? सबैले एकीकरण हुँदाका बखतको पार्टी विधानलाई टेकेर कार्यभार पूरा गर्नेतिर लाग्न निकै नै ढिला भइसकेको छ ।
जनतालाई कोरोनामहामारी, प्राकृतिक विपद् र छिमेकीले सिमानामा बनाएका संरचनाका कारणले डुबान झेलिरहेको अवस्थामा किन सरकारको गतिलाई पनि रोक्ने प्रयास भएको छ ? तपाईं वरिष्ठ भनिनेहरूले पिरमर्का बुझ्न सक्नु हुन्न र आÏनो परिवारको मात्र स्वार्थलाई केन्द्रमा राख्नु हुन्छ भने अरुले तपाईंहरूको पछि किन लागि रहने ? बेतुकको राजीनामा प्रकरणको गाईजात्राले अभिनय क्षमताको पनि खिल्ली उडाएको छ, उदाङ्गो बनाएको छ । कुनै भागवण्डामा नभई क्षमताको हिसाबले सरकार प्रमुखले आÏनो मन्त्रीपरिषद् पुनःगठित गर्नुपर्ने देखिन्छ । पार्टी र पार्टीका नेताहरू सच्चिएर सरकारलाई रचनात्मक सहयोग गर्दै अघि बढेमामात्र देशले अपेक्षित प्रगति हाँसिल गर्न सक्ने छ र समृद्ध नेपाल सुखी नेपालीको सपना प्राप्त गर्ने दिशामा अघि बढ्न सकिने छ ।
(वाणगंगा–८, कपिलवस्तु निवासीडा. शर्मा भुसाल त्रिभुवनविश्वविद्यालय रसायन शास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा त्रि.वि.प्राध्यापक संघ, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका सभापति हुनुहुन्छ ।)