बुटवल, साउन २४ । रोट्रयाक्ट कल्ब अफ सेन्ट्रर लुम्बिनीले वृद्ध आश्रममा एक छाक खाना खुवाएर चप्पल वितरण गरेको छ । कल्बका अध्यक्ष रो. बाबुराम खनालको स्व. आमाको सम्झनामा रुपन्देहीको ओमसतिया गाउँपालिकका वडा नम्बर–४ वसन्तपुरमा रहेको श्रि सत्य साई वृद्ध आश्रममा बस्दै आएका वृद्धवृद्धाहरुलाई खाना खुवाएर चप्पल वितरण गरेको हो ।
रोट्रयाक्ट कल्बका अध्यक्ष रो. बाबुराम खनालको अध्यक्षतामा तथा रोटरी कल्बका अध्यक्ष रो. हीरा वहादुर शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । घर परिवारबाट हेला भएका र अन्य विभिन्न कारणले घर परिवार छोडेर आश्रममा बस्दै आएका वृद्धवृद्धाहरुलाई सहयोग गर्ने उदेश्यले बिहानि भोज खुवाएर चप्पल वितरण गरिएको कल्बले जनाएको छ । लामो समयदेखि कोरोना भाइरस (कोभिड–१९) को महामारीले जनजिवन अस्तव्यस्त भएको समयमा आश्रममा आश्रित वृद्धवृद्धाहरुलाई केहि सहजहोस् भन्ने उद्देश्यले स्व. आमाको सम्झनामा यो कार्यक्रम आयोजना गरिएको खनालले बताए ।
कार्यक्रममा रोटरी कल्ब अफ सेन्ट्रर लुम्बिनीका अध्यक्ष रो. शाह, वृद्ध आश्रमका अध्यक्ष माया खरेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमा बोल्दै आश्रमका अध्यक्ष खरेलले कल्बले आश्रममा आएर वृद्ध बुबा आमाहरुको लागि सहयोग हस्तानतरण गरेकोमा धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा समेत आश्रमलाई सहयोग गर्न आग्रह गरेकि छन् । त्यस्तै रोटरी कल्ब अफ सेन्ट्रर लुम्बिनीका अध्यक्ष शाहले आश्रममा सहयोग गर्न पाउँदा खुसी भएको बताए । रो. दुर्गा प्रसाद अधिकारीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव सुमित कसौधनले गरेको कल्पना गौडेलले जानकारी दिइन् ।