तुलसी राम पौडेल —-
सियारी, श्रावण २६
रुपन्देहीको सियारी गाउपालिकामा ४ दिने उद्दमशिलता तालिम सम्पन्न भयो।
नोबेल कोरोना भाइरस कोभिड -१९ बाट प्रभावित व्यक्तिहरुको जिविकापार्जनमा सुधार र रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले युनेस्कोको आर्थिक सहयोगमा र कन्चनजघा पोलिटेक्निक ईन्स्टिच्युटको संयुक्त आयोजनामा तालिम संचालन भएको हो। तालिम समापन अवसरमा बोल्दै
सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले युवाहरूले स्वदेशमै रोजगारीको लागि व्याबसायिक सीप सिकि ब्यावसाय गर्नुपर्नेमा विशेष जोड दिनुभयो । सियारी गाउपालिका भित्र गर्न सकिने सिटिभिटिमा आधारित छोटो अवधिको लागि विल्डिङ इलेक्ट्रोनेसियन ,हाते कडाइ र मोबाइल रिपेयरिङ्ग लगायत तालीमको छनौट भएको हुदा यस किसिमका तालिमहरुको सहयोगको लागि सियारी गाउपालिला तयार रहेको बताउनु भयो।
सियारी गाउपालिका शिक्षा शाखा प्रमुख सुधिर पौडेलले तालिममा सिकेका कुराहरुलाइ व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।
तालिममा मिन राना, जीवन भुसाल ,भगवती पुन र सूचना रानाले सहजीकरण गर्नुभएको थियोे ।