पार्बती आचार्य
कपिलबस्तु, साउन २८ । बुटवलको धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा कपिलवस्तुका २ जना पुरुषको गयराति मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । बुटवलको धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा उपचारत तौलिहावका एक र कृषण्नगरका एक जना संक्रमितको मृत्यु भएको स्वासथय कार्यालय श्रोतले जनाएको छ ।
लक्षण सहीतका बिरामी दुबैजना बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका थिए । मृत्यु हुनेमा ४२ बर्षिय कपिलवस्तु नगरपालिकाका–२ जमुहरा टोलका राजु भन्ने कृष्ण कुमार गुप्ता र कृष्णनगर नगरपालिका–१० का २५ वर्षिय प्रदीप तेली रहेको श्रोतले जनाएको छ । मृतक गुप्ता ५ दिनदेखि र तेली मंगलबारदेखि बुटवलमा उपचार गराईरहेका थिए । जमुहराका मृतक गुप्ता कारोना संक्रमित पुष्टी भए पनि कृष्णनगरका तेलीको अझै रिपाट आईनसकेको श्रोतले जनाएको छ । लक्षण सहीतका बिरामीको अवस्था गम्भीर भएपछि तेलीलाई मंगलवार मात्र बुटवल लगीएको थियो ।
यस्तै तौलिहवाका दुई जना कोरोना संक्रमितको अवस्थामा पनि गम्भीर रहेको छ । मस्जिद टोलका मासु ब्यापारी र सागरटोलका एक पुरुष काठमाडौंमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन डा. कुमार थापाले कपिलवस्तुका दुई कारोना संक्रमितको मृत्यु भएको खबर आएपनि अझै बिस्तृत बिवरण नआएको बताए । प्रजिअ दीर्घ नारायण पौडेलले तौलिहवाको जमुहरा टोलका कारोना संक्रमितको मृत्यु भएको बताए । जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ८० पुगेको छ ।