काठमाडौं, साउन ३२ । नेपालमा आइतबार थप ६ सय ४१ जनामा कोरोना भाइरस (काभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आाइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
आइतबार थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ३३५ पुगेको छ । प्रदेश १ मा ११०८ जना, प्रदेश २ मा ३६१२ जना, वाग्मती प्रदेश ६५४ जना, गण्डकी प्रदेशमा १५२८ जना, प्रदेश ५ मा ४२८८ जना, कर्णाली प्रदेशमा १९३८ जना, सुदूरपश्चिम प्रदेशमा ४२०७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नेपालका ५ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेका छन् । ५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका जिल्लाहरुमा मोरङ, पर्सा, महोत्तरी, रौतहट, काठमाडौं रहेका छन् । त्यस्तै ५ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । संक्रमितहरू शून्य भएका जिल्लाहरूमा संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार एपीएफअस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ३ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका २७ जना, मोरंगका एकजना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकका १० जना, बर्दियाका २ जना, दाङका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै बिध ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका ६ जना, ललितपुरका एकजना, मोरङका ६ जना र पर्साका २ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै बी एण्ड बी अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा पर्साका ११जना, गजेन्द्र नारायण अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका ११ जना, सिराहा २ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, धनुषाका एकजना, कंचनपुरका एकजना, काठमाडौंका १९ जना, ललितपुरका एकजना, नुवाकोटका एकजना, पर्साका २ जना, सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ । यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका एकजना, रुकुम पश्चिमका एकजना, कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका एकजना, मोरङका ७३ जना, सिराहाका एकजना, सुनसरीका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना, नवलपरासी पश्चिमका ३ जना, रुपन्देहीका ३ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, पर्साका ४६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै नेपाल कोरियन मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ४ जना, पर्साका एकजना, सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको छ । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका ६५ जना, काठमाडौँका १७ जना, रौतहटका १३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै नेसनल प्याथ ल्याब रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका एकजना, रुपन्देहीका २८ जना, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ५ जना, तनहुँका ४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, धनुषाका ३ जना, काठमाडौंका ९जना, ललितपुरका २७ जना, महोत्तरीका एकजना, मकवानपुरका एकजना, सुनसरीमा एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा बाराका एकजना, मोरङका २० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३२ जना, महोत्तरीका ७ जना र रौतहटका एकजनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना, नवलपरासी पश्चिमका २ जना, रुपन्देहीका २७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा गरिएको परीक्षणमा बाग्लुंगका एकजना, कास्कीका ६ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका एकजना, पर्साका एकजना र तनहुँका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ३जना, रोल्पाका २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ९ जना, कंचनपुरका ४ जनामा कोरोना पुष्टि भएको छ । सुरिया ल्याबमा गरिएको परीक्षणमा बाराका एकजना, झापाका एकजना, काठमाडौँका ६ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, भक्तपुरका २ जना, धनुषाका एकजना, काठमाडौंका ९ जना, ललितपुरका ६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै शुक्रराज ट्रपिकल अस्पताल टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौँका २४ जना, ललितपुरका २ जना, सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै त्रि बि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका एकजना, भक्तपुरका ३ जना, कैलालीका २ जना, काठमाडौंका २९ जना, लम्जुङ्गका एकजना, नवलपरासी पश्चिमका २ जना, पर्साका एकजना र ताप्लेजुंगका एक जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ । जसमा ८१ पुरुष र २३ महिला रहेको मन्त्रालयले जानकारी दिएको छ । प्रदेश नं. १ मा ९ पुरुष, १ महिला, प्रदेश नं. २ मा ३४ पुरुष, ११ महिला, बाग्मती प्रदेशमा १३ पुरुष, ५ महिला, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश नं. ५ मा १० पुरुष, ३ महिला, कर्णाली प्रदेशमा ४ पुरुष, सुदूरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिलाले ज्यान गुमाएका छन् ।