काठमाडौं, भदौ २ । नेपालमा हालसम्मकै धेरै कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।
बितेको २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । यस्तै देशभर १० हजार ५६३ सक्रिय संक्रमित रहेका छन् भने आज १३ हजार ४६१ पीसीआर परीक्षण भएको छ ।
नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११४ पुगेको हो। मृतकमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
बितेको २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।