तुलसी राम पौडेल
सियारी , भाद्र २
बिश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को प्रभाव रुपन्देहीको सियारी गाउपालिकामा पर्न गएको छ। सियारी गाउपालिकामा हालसम्म १३ जनालाई कोरोना पोजिटिभ देखिएको थियो।सक्रमित १३ जनामध्य ६ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।कोरोनालाइ जितेर घर फर्कनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छ्न ।
बाकी कोरोना सक्रमित ७ जना आइसोलेसनमा रहेको र स्वास्थ सामान्य रहेको सियारी गाउपालिका स्वास्थ शाखा प्रमुख बुद्धि बहादुर घर्तिले जानकारी दिनुभयो ।
सियारी गाउपालिकामा हालसम्म १३ जना कोरोना सक्रमित मध्य ६ जनाले कोरोना जितेर घर फर्के।
