तुलसी राम पौडेल —-
सियारी ,भाद्र ३
बिश्वब्यापी महामारी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण सियारी गाउपालिकामा क्रमशः वृद्धि हुँदै गएको छ।सियारी गाउपालिका स्वास्थ शाखाले बुधबार दिउसो ३ बजे दिएको रिपोर्ट अनुसार गाउपालिकामा नोबेल कोरोना भाइरस सक्रमणको संख्या १८ जना पुगेको छ जसमध्ये ६ जना कोरोना जितेर घर फर्किसकेका छन् ।बाकी १२ जना आइसोलेसनमा रहेको स्वास्थ कार्यालयले जनाएको छ जस अन्तरगत सियारी गाउपालिका वाड नम्बर ४ का एक जना व्यक्ति एनफा आइसोलेसन बुटवलमा रहेका छन् ।२ जना भैरहवा होटलमा आइसोलेसनमा रहेका छन ।ती दुबै जनामध्ये एक जना बैंकका कर्मचारी र एकजना आयल निगमका कर्मचारी भएको र सियारी वाड नम्बर १ र २ का निवासी भएको स्वास्थ शाखाले जनाएको छ। त्यसै गरि मैनहिया आइसोलेसनमा ४ जना रहेका छन जस अन्तरगत वाड नम्बर १ का १जना ,वाड नम्बर ४ का २ जना र वाड नम्बर ७ का १ जना रहेका छन् ।बाकी ५ जना होम आइसोलेसनमा रहेका छन जस अन्तरगत वाड नम्बर २ का १ जना, वाड नम्बर ४ का १ जना ,वाड नम्बर ५ का १ जना,वाड नम्बर ६ का १ जना र वाड नम्बर ७ का १ जना रहेका छन् । सियारी गाउपालिकामा कोरोना सक्रमित व्यक्तिहरु दुई जना बाहेक विदेशबाट आएका ब्यक्तिहरु मध्य भएको स्वास्थ शाखाका मनोज पौडेलले जानकारी दिनुभयो।
सियारिमा कोरोना सक्रमित अहिलेसम्म १८ जना पुग्यो ,६ जनाले कोरोना जितेर घर फर्के
