तुलसी राम पौडेल
सियारी , भाद्र ४
बिश्वब्यापी महामारी रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमणबाट रुपन्देहीको सियारी गाउपालिकामा पनि देखिन थालेकोले सक्रमणले महामारिको रुपमा नजाओस् भन्ने उद्देश्यले
सियारी गाउपालिकाले वडास्तरबाट कोरोना जाँच अभियान शुरु गरेको छ। अभियान अन्तरगत सियारी गाउँ पालिका वडा नम्बर ७ पश्चिम् अमवाका सक्रमणको जोखिममा पर्न सक्ने विभिन्न सघ सस्थाका व्यक्तिहरुको मंगलवार PCR परिक्षणको लागि स्वाब निकालेर पठाइएको सियारी गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारिले जानकारी दिनुभयो।
पश्चिम् अमवाका किराना पसल व्याबसायी ,बैंक तथा बित्तीय सस्थाका कर्मचारी , होटेल तथा फलफूल ब्याबसायी ,औषधि पसल संचालक ,वडाका जनप्रतिनिधि ,कर्मचारी लगायत ३० जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरि पठाइएको वडा अध्यक्ष अधिकारिले बताउनु भयो। जोखिममा रहेका व्यक्तिहरुको कोरोना परिक्षणको रिपोर्टले समुदायमा नोबेल कोरोना भाइरसको सक्रमण रोक्न सहज हुने सियारी गाउपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो।सियारी गाउपालिकाले वडा स्तरमा कोरोना परिक्षण क्रमश अन्य वडाहरुमा पनि गरिने सियारि गाउपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो।
सियारी गाउपालिकामा हालसम्म १८ जना कोरोना सक्रमितमध्य ६ जनाले कोरोना जितेर घर फर्किसकेको र बाकी १२ जना आइसोलेसनमा सामान्य अवस्थामा रहेको स्वास्थ शाखा संयोजक बुद्धि बहादुर घर्तिले जानकारी दिनुभयो।
सियारिमा कोरोना सक्रमण रोक्न वडास्तरमा PCR परिक्षण शुरु
