भैरहवा, भदाै ५ । समाजिक क्षेत्रमा सक्रिय लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिले महिला सदस्यलाई घरमै पुगेर हरितालिका तिजकाे उपहार प्रदान गरेकाेछ । क्लबका अध्यक्ष शिवनाथ गुप्ता सहितकाे टाेलिले महिला सदस्यहरुकाे घरघरमै पुगेर मिठाई तथा उपहार प्रदान गरिएकाे ग्रिनसिटिका सचिब भिम थापाले बताए ।
थापाले भने,”काे- भिड १९ का कारण विगत साल झै यस बर्ष हर्षाेल्लास का साथ तिज मनाउन नपाए पनि परम्परागत रूपमा चलिआएको धर्म र संस्कृतिलाई आत्मसात गर्दै आफु र आफ्नाे परिवार र समाजलाई काेरोना भाइरसबाट होसियारी भई हरितालिका तीज मनाउनेगरि ग्रिनसिटिमा अाबद्ध दिदिबहिनिलाई तिजकाे उपहार प्रदान गरेका हाै ।” काेराेना संक्रमण त्रासकाे कारण स्थानिय सरकार र प्रशासनले निषेधाज्ञा जारि गरेका छन् ।
निषेधाज्ञा तथा लकडाउनकाे कारण यसपटक चेलिबेटिले तिज पर्व घरभित्रै मनाउने गरेका छन् । विगतका बर्षमा मन्दिर, मठ, विद्यालयहरुमा भेला भएर तिजकाे अवसरमा दिदिबिहिनिले गित मार्फत सुखदुख बाड्ने गर्देथे । राेटेपिङ खेल्ने, तिज गित गाएर नाच्ने अभिलाषा बाेकेर बिबाहित चेलिबेटिहरु माईतिघर जाने प्रचलन नेपालमा रहेकाे छ । पहाडि क्षेत्रमा साउने संक्रान्तिकाे दिन देखि दैनिक जसाे सांझ गाउ गाउमा चेलिबेटि जम्मा भएर तिजकाे गितमा नाच्ने गाउने गर्दछन् ।