बुटवल, भदौ ७ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आइतबार रुपन्देहीका दुई जनाको कोरोना भाइरस संक्रमितबाट मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ की ६७ वर्षिया महिला र जिल्लाको समरीमाई गाउँपालिका– २ का ३८ वर्षिया पुरुषको आइतबार १ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
महिला साउन ३१ गते अस्पतालमा भर्ना भएकी थिइन । भने, अर्का युवा भदौ १ गते अस्पताल संक्रमण भएर आएका थिए । डा. थापाले भने, ‘संक्रमितहरुको अवस्था जटिल बनेपछि महिलालाई भदौ ३ गते भेन्टिलेटरमा राखिएको थियो भने, युवालाई २ गते भेन्टिलेटरमा राखिएको हो । आज उहाँहरु दुवै जनाको मृत्यु भयो ।’
अस्पताल ल्याउनुपूर्व ति महिलालाई बुटवल हस्पिटल प्रालिमा उपचार गराइरहेकी थिइन । संक्रमण देखिएपछि उनलाई कोरोना अस्पताल लगिएको थियो । उनको यात्रा विबरण केही छैन । उनीमा उच्च रक्तचाप र मृगौलाको समस्या रहेको थियो । अर्का पूरुष भने १ हप्ता अगाडि भारत गएका थिए । इलेन्टिसियन क्षेत्रमा काय गर्ने उनलाई कुनै दीर्घरोग भने देखिएको थिएन । स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल आएका थिए ।