तुलसी राम पौडेल —
सियारी, भाद्र ७
बिश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोक्न रुपन्देहीको सियारी गाउपालिकाले सियारी गाउपालिकाको वडा नम्बर -७ पश्चिम् अमवाका जोखिममा पर्नसक्ने ३० जना व्यक्तिहरुको गरिएको PCR परिक्षणमध्य २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।बाकी २ जनाको रिपोर्ट आउन बाकी भएको स्वास्थ शाखाले जनाएको छ। कोरोना भाइरस समुदायमा फैलिनबाट रोक्नको लागि सियारी गाउपालिकाले भाद्र २ गते वडा नम्बर ७ पश्चिम् अमवाका किराना पसल व्यावसायी ,औषधि पसलका संचालक , बैंक तथा बित्तीय सस्थाका कर्मचारीहरु ,वडाका कर्मचारी लगायत जोखिममा पर्न सक्ने व्यक्तिहरुको स्वाब संकलन गरेर PCR परिक्षणको लागि पठाइएको थियोे ।सियारी गाउपालिकामा जोखिममा पर्नसक्ने अन्य वडाहरुका व्यक्तिहरुको स्वाब परिक्षण गरिने सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो।
सियारी गाउपालिकामा हालसम्म कोरोना सक्रमित १८ जना मध्य ६ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । बाकी १२ जना आइसोलेसनमा रहेका र स्वास्थ सामान्य रहेको स्वास्थ शाखा प्रमुख बुद्धि बहादुर घर्तिले बताउनु भयो ।
सियारी गाउपालिकामा ३० जनाको PCR परिक्षणमध्य २८ जनाको रिपोर्ट नेगेटिभ
