तुलसी राम पौडेल
बुटवल , भाद्र ७
बिश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमणलाई नियन्त्रण गर्न रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिका अन्तरगत समुदाय स्तरमा कोरोना परिक्षण अभियान शुरु गरेको छ।यहि भाद्र ४ गते नगरपालिका अन्तरगतका किराना व्याबसायी ,दूध डेरि संचालक ,जनप्रतिनिधि एव कर्मचारी लगायत जोखिममा रहेका १०५ जनाको PCR परिक्षणको लागि स्वाब संकलन गरि पठाइएकोमा ५८ जनाको रिपोर्ट नेगेटिभ भएको र ४७ जनाको रिपोर्ट आउन बाकी भएको सैनामैना स्वास्थ शाखा प्रमुख हेमराज पन्थिले जानकारी दिनुभयो। त्यसै गरि आइतबार होम क्वारेन्टाइन , क्वारेन्टाइन र कन्ट्याक्ट्रेसिङ अन्तरगतका ३७ जनाको स्वाब संकलन गरि PCR परिक्षणको लागि पठाइएको स्वास्थ शाखाले जनाएको छ।
नगरपालिकामा ४५ जना सक्रमित मध्य ४३ जनाले कोरोना जितेर घर फर्किसकेका र २ जना आइसोलेसनमा रहेको स्वास्थ शाखा प्रमुख पन्थिले बताउनु भयो। सैनामैना नगरपालिकामा हाल ४६ जना क्वारेन्टाइनमा रहेका छन् ।
सैनामैना नगरपालिकामा समुदायस्तरमै कोरोना परिक्षण ।१०५ जनाको PCR परिक्षणमध्य प्राप्त ५८ जनाको रिपोर्ट नेगेटिभ
