बुटवल, भदौ ८ । बुटवलका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा भक्तपुरमा मृत्यु भएको छ । ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
मिर्गौला रोगबाट पीडित उनलाई संक्रमण पुष्टि भएपछि डायलासिसका लागि अस्पताल लगिएको थियो । जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले उनको उपचारका क्रममा आइतबार मृत्यु भएको बताए । उनका अनुसार शव व्यवस्थापन भइसकेको छ ।