तुलसी राम पौडेल
बुटवल ,भाद्र ८
बिश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमणबाट रोक्न अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा चैतदेखि अहिलेसम्म गरिएको कोरोना परिक्षणमा सक्रमित ११४ जनामध्य १०६ जना कोरोना जितेर घर फर्किसकेका छन् ।सक्रमित ७ जना आइसोलनमा रहेको र स्वास्थ सामान्य रहेको स्वास्थ शाखाले जनाएको छ।
नगरपालिकामा चैत्रदेखी हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या १७०० जना पुगेकोमा अहिले क्वारेन्टाइनमा जम्मा ५४ जना रहेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो।
नोबेल कोरोना भाइरस कोभिड -१९ को महामारी रोक्न नगरपालिकाले ५६ वटा क्वारेन्टाइनको स्थापना गरेको थियोे ।
भूमिकास्थान नगरपालिकामा कोरोना सक्रमित ११४ जनामध्य १०६ जना कोरोना जितेर घर फर्के
