बुटवल, भदौ १० । रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति तिलोत्तमा–३ सीता राइस मिल नजिकै लु २६ प १४५५ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।
बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको उक्त स्कुटर राति सवा ११ बजे सडकमा पल्टिँदा कार्की गम्भीर घाइते भएका थिए । उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पाण्डेले बताए । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको उनले बताए ।