पार्बती आचार्य
कपिलवस्तु, भदौ ११ । कपिलवस्तुमा थप १९ जनामा कोरोना पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या १ हजार ९३ पुगेको छ । समुदाय स्तरमा कोरोना भाईरस संक्रमितहरुको संख्या दैनिक बढ्दै गएको छ । बिहीबार कृष्णनगर नगरपालिका अन्तरर्गतका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए ।
जसमध्ये ११ जना कृष्णनगर भन्सार कार्यालयका कर्मचारी रहेका छन् । यसैगरि २ जना निजी स्वास्थ्य संस्थाका कर्मचारी, ३ जना ट्राफिक प्रहरी, १ जना शसस्त्र प्रहरी र १ जना ब्यापारीमा कोरोना पुष्टि भएको हो । भदौ ६ गते कृष्णनगर भन्सार कार्यालयबाट कन्ट्याक ट्रेसिङद्वारा संकलन गरिएको ८० नमुना संकलन मध्ये १९ जनामा कोरोना पोजेटिभ पुष्टि, ४० जनाको नतिजा नेगेटिभ र २१ जनाको नतिजा आउन बाँकी रहेको कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक शंकर भट्टराईले बताए ।
जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ९३ पुगेको छ भने ८ सय ७० जनाले कोरोनालाई जितेर घर फर्केका छन् । २ सय २० जना सक्रिय संक्रमितको उपचार भैरहेको छ । ३ जना कोरोना पोजेटिभ पुरुषको कोरोना बिशेष अस्पत्ताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।