तुलसी राम पौडेल
बुटवल भाद्र १३
बिश्वब्यापी महामारी रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण अन्तरगत पश्चिम् नवलपरासीमा कोरोना पोजेटिभको संख्यामा वृद्धि भएको छ। पश्चिम नवलपरासीमा शनिबारमात्र १८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा १४जना र प्रतापपुर गाउँपालिकामा ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ मा २३, २४, ३०, ३५, ४२, ४५, ४७, ४८, ५८ बर्षका ९ जना पुरुष र २२ र ३० बर्षका दुई जना महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो । यस्तै वडा नम्बर २ मा २५, २९ र ३९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको छ भने वडा नं ३ मा ४७ वर्षीय एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
त्यस्तै प्रतापपुर गाउँपालिकाको वडा नं ४ मा ६५ वर्षीय वृद्ध, वडा नं ५ मा २२ र २४, वर्षीय पुरुष र वडा नं ७ मा ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।