बुटवल, भदौ १६ । कोरोना महामारीमा होमिएका स्वास्थ्यकर्मीले नियमित रुपमा तलब नपाएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । बुटवलको धागो कारखानास्थित कोभिड–१९ अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले समयमा तलब र वैशाखबाहेक अन्य महिनाको जोखिमभत्ता पनि लुम्बिनी प्रादेशिक अस्पतालले उपलब्ध नगराएको भन्दै आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।
त्यहाँ कार्यरत करारका ९ जना मेडिकल अस्पतालको नाममा निवेदन लेखेर नियमित र समयमै तलब र जोखिमभत्ता उपलब्ध गराउन माग गरेका हुन् । एक हप्ताभित्र माग पूरा नभए कडा आन्दोलन गर्ने चिकित्सकहरुको चेतवानी दिएका छन् । उनले भने, ‘भदौको १६ गइसक्यो । साउन महिनाको तलब अस्पतालले हालिदिएको छैन । हामीले घरव्यवहार चलाउनदेखि व्यक्तिगत खर्चका लागि समयमा तलब नआउँदा कठीन भो । डा. साहिल भुसाल, पुजन ज्ञवाली, प्रतिमा भण्डारी, विशाल झा, राजेश लिम्बू, सलिमा न्यौपाने, कल्याण रेग्मी, आशीर्वाद अर्याल र सविता अर्याल छन् ।
लुम्बिनी अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराई अस्पतालका लेखामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएर आइसोलेसनमा बस्दा तलब खातामा पठाउन ढिलाई भएको बताए । भट्टराईले भने, ‘साउन महिनाको तलब दिन कर्मचारीलाई कोरोना देखिएर ढिलाई भएको हो । भत्ता माथिबाट आएको छैन । आएपछि हामी वितरण गर्छौं । हाम्रो कारणबाट भत्ता रोकिएको होइन ।’ धागो कारखानमा ३० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् । त्यहाँ उनीहरु भेन्टिलेटर, आइसियू र आइसोलेनमा बिरामीको सेवामा खटिन्छन् ।