भैरहवा, भदौ १८ । रुपन्देहीमा पनि कोभिड–१९ को संक्रमण समुदाय स्तरसम्म पुगेपछि रोट्रयाक क्लब अफ सेन्ट्रल लुम्बिनीले बिभिन्न ठाउँमा सचेतनामुलक ब्यानर राखेको छ । क्लबले सिद्धार्थ राजमार्ग अन्तर्गत बुद्धचोकदेखि बेलहिया नाकासम्म पर्ने विभिन्न आकाशे पुल, प्रतिक्षालय र बेलहिया भन्सार कार्यालयका विभिन्न स्थानमा सचेतनामुलक ब्यानर लगाएर यस विषम परिस्थितिमा स्वास्थ्यको क्षेत्रमा उदारणीय काम गरेको छ ।
‘स्वार्थ भन्दा माथी सेवा’ भन्ने मुल नारालाई आत्मसात गर्दै क्लबले कोभिड–१९ को महामारीमा समेत यसको प्रभाबलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सर्वसाधरणहरुलाई सचेत गराउनका लागि माक्स अनिवार्य लगाउनुपर्ने, सामाजिक दुरि कायम राख्नुपर्ने, साबुन पानीले हात धुनुपर्ने, सेनेटाइजरको प्रयोग गर्नुपर्ने, नमस्ते गर्ने बानीको बिकास गर्न, भिडभाड नगर्न र नगराउन भन्दै सचेतनामुलक सन्देश व्यानरमा उल्लेख गरिएको रोट्रयाक क्लब अफ सेन्टल लुम्बिनी वर्ष २०२०/२१ का अध्यक्ष रो.बाबुराम खनालले जानकारी दिए ।
अध्यक्ष खनालले समाज सेवामा आफ्नो अभियानलाई निरन्तर दिने बताउँदै महामारीको समयमा पनि यस कार्यमा सहयोग गर्ने क्लबका सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका छन् । साथै रोट्रयाक क्लबको मुल मर्म अनुसार सामाजिक गतिविधिहरुलाई यसै गरि अगाडी बढाउने उनले बताए ।
सडकमा भएका आकाशे पुल र प्रतिक्षालयहरुमा सचेतनामुलक ब्यानर राख्दा बाटोमा हिँड्ने मानिसहरुले सजिलै देख्ने हुँदा अनिवार्य मास्क लगाउन र सामाजिक दुरि कायम गरेर मात्र हिँड्ने बानिको बिकास गराउने छ । सर्वसाधारणहरुले ब्यानरमा पढेका कुराहरुलाई आत्मसात् गरी सावधानी अपनाउनु हुनेछ भन्नेमा विश्वस्त रहेको वर्ष २०२०/२१ का सचिव सुमित कसौधनले बताए । यसअघि पनि क्लबले बिभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ ।