तुलसी राम पौडेल —–
सियारी, भाद्र १८
बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि रुपन्देहीको सियारी गाउपालिकाले समुदाय स्तरमा कोरोना परिक्षण अभियानलाई तिब्रता दिएको छ।
भाद्र ११ गते जनप्रतिनिधि ,कर्मचारी ,स्वास्थ कर्मी लगायत ३७ जनाको कोरोना परिक्षण गरिएकोमा ३६ जना कोरोना नेगेटिभ र १ जना कोरोना पोजेटिभ रिपोर्ट आएको छ। कोरोना पोजिटिभ देखिएको १ जना सियारी गाउपालिका वाड नम्बर ३ का जनप्रतिनिधि भएको स्वास्थ शाखाका मनोज पौडेलले जानकारी दिनुभयो।
सियारी गाउपालिका अन्तरगत समुदाय स्तरमा सक्रमित व्यक्तिको सम्पर्कमा आएका र क्वारेन्टाइनमा गरि ६४ जनाको PCR परिक्षणको लागि स्वाब संकलन गरि पठाइएको स्वास्थ शाखाले जानकारी दिएको छ। PCR परिक्षणको लागि पठाइएको ६४ जनामध्य भाद्र १४ गते ३० जनाको र भाद्र १७ गते ३४ जनाको स्वाव संकलन गरिएको थियो जुन रिपोर्ट आउन बाकी छ।