पार्बती आचार्य
कपिलबस्तु, भदौ २२ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य सहित २ दर्जन भन्दा बढि कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुद्धभूमि नगरपालिका वडा नं. १ पत्थरकोटमा आयोजित कार्यक्रममा नेकपाका जिल्ला सदस्य रोमाखर खनाल (राम प्रसाद) सहित आयतबार सम्म २ दर्जन भन्दा बढी स्थानीय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा नेत्र प्रसाद भट्टराई, रामलाल पौडेल, नारायण गिरी, सन्तोष आचार्य, गायत्री झाँक्री, मदन कार्की, भरत बेल्वासे, राजु बस्नेत, निमानन्द गिरी लगायतका रहेका छन् । उनीहरुलाई नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति एवं बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन् ।
लोकतन्त्रमा विश्वास गर्ने नेपाली कांग्रेस पार्टी सबैको भएको कारण सबै नागरिक पार्टीमा अट्न सक्ने भएको हुँदा सबैलाई सम्मान र पदीय जिम्वेवारी समेत प्रदान गरिने सभापति श्रेष्ठले बताए ।
यसैगरी युवा नेता तेज बहादुर बस्नेतले पछिल्लो समयमा नेपाली कांग्रेसमा युवाहरुको आर्कषण रहेकाले उनीहरुलाई अवसर र सम्मान दिने बताए । सो अवसरमा कांग्रेसका नेता राम प्रसाद बेल्वासे, सिता बेल्बासे, प्रेमनारायण अधिकारी लगायतको सहभागिता रहेको स्थानिय टंक भुषालले जानकारी दिए ।