कपिलवस्तु, भदौ २५ । लिड्स कलेज बुटवलले कपिलवस्तुको जनचेनता आधारभूत विद्यालयलाई बुक कर्नर सहयोग गरेको छ । हरेक वर्ष शिक्षा र जनचासोका सवालमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको लिड्स कलेजले विद्यालयमा अध्ययन गर्ने बालवालिकाहरुको आफ्नै कक्षामा पुस्तक तथा शैक्षिक सामग्रीहरु राख्न मिल्नेगरी बुधबार सो सामाग्री सहयोग गरेको हो ।
गत वर्ष पारिजात माविमा पनि निःशुल्क शिविर सञ्चालन गरेको कलेजले यो वर्ष जनचेतना आधारभूत विद्यालयका लागि १ लाख ५० हजार बढिको लागतमा ९ थान बुक कर्नर सहयोग प्रदान गरको कलेजका प्रबन्ध निर्देशक बसन्त खनालले बताए ।
सहयोग प्रदान कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक बसन्त खनाल, वडा अध्यक्ष बिष्णु गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनीराम पौडेल, प्रधानाध्यापक सम्भुराम खनाल, शिक्षक देवेन्द्र थापा लगाएतको उपस्थिति रहेको विद्यालयका प्रअ शम्भुराम खनालले जानकारी दिए ।