तुलसी राम पौडेल
बुटवल ,भाद्र २७
बिश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण अन्तरगत सियारिमा समुदाय स्तरका ७ जना र क्वारेन्टाइनका १ जना गरि थप ८ जना कोरोना पोजिटिभ पुष्टि भएको छ। सक्रमित कोरोना पोजिटिभ व्यक्ति अन्तरगत सियारी गाउँ पालिका वाड नम्बर ३ का ३ जना ,वाड नम्बर ४ का ३ जना ,वाड नम्बर १ का १ जना रहेका छन् भने वाड नम्बर ५ का १ जना सक्रमित सैनामैना नगरपालिकाले स्वाव परिक्षणको लागि पठाएका मध्य भएको गाउपालिका
CICT संयोजक मनोज पौडेलले जानकारी दिनुभयो।यहि भाद्र २१ गते कोरोना पोजिटिभको सम्पर्कमा आएका २० जनालाई कोरोना परिक्षणको लागि स्वाब निकालेर पठाइएको थियोे जस मध्य कन्ट्याक्ट् ट्रेसिङ्गमा ७ जना कोरोना पोजेटिभ पुस्टिभएको थियो भने वाड नम्बर ५ का १ जना सैनामैनाले परिक्षणको लागि पठाएको मध्य पठाएको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। सियारी गाउपालिकाका बाकी १३ जनाको रिपोर्ट कोरोना नेगेटिभ आएको थियोे ।
सियारी गाउपालिकामा हालसम्म ३७ जना सक्रमित मध्य २५ जना कोरोना जितेर घर फर्किसकेका छन् भने बाकी १२ जना सार्वजनिक आइसोलेसन एवं होम आइसोलनमा रहेको र स्वास्थ्य स्थिति सामान्य रहेकोे स्वास्थ्य शाखा प्रमुख बुद्दी बहादुर घर्तिले जानकारी दिनुभयो।