बुटवल, भदौ २८ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २ हजार ५ सय रुपैयाँमै पीसीआर जाँच हुने भएको छ । जनतालाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालले मूल्य समायोजन गरेको हो । अस्पतालका मेडिकल सुपरीटेन्डन डा. राजेन्द्र खनालले सोमबारदेखि २५ सय रुपैयाँमा कोरोना जाँच गर्न सकिने बताए ।
‘सुरुमा ५५ सय त्यसपछि ४४ सय अब २५ सयमै पीसीआर जाँच गर्ने भएका छौं । त्यस्तै जाँचको क्षमता पनि दोब्बर दैनिक ४ सय स्वाब जाँच हुनेछन ।’ त्यस्तै अस्पतालले संकास्पद फिभव क्लिनिकमा आएक विरामी भर्ना भएका विरामीको भने पीसीआर निशुल्क गर्दै आएको छ ।
अस्पतालको प्रयोगशालाले अहिलेसम्म १२ हजार ९ सय पीसीआर जाँच गरिसकेको छ । पछिल्लो समय बुटवलमा कोरोना संक्रमण तीब्र भएको छ । बुटवलमा मात्रै संक्रमितको संख्या ५ सयभन्दा माथि छ ।