तुलसी राम पौडेल
शुद्दोधन ,भाद्र २८
रुपन्देहीको शुद्दोधन गाउपालिकाबाट सरुवा भएर जाने प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीको विदाइ तथा शुद्दोधन गाउपालिकामा सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीको स्वागत शुद्दोधन गाउपालिकाको नव निर्मित भवनमा एक कार्यक्रमका बिच गरिएको छ ।सो अवसरमा बोल्दै गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीले प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले शुद्दोधन गाउपालिकालाइ अगाडि बढाउने कार्यको लागि जनप्रतिनिधि र कर्मचारी बिच समन्वय गर्न महत्त्वपूर्ण भुमिका निभाउन सफल हुनुभएको बताउनु भयो।
बिदाइ भएर जानुहुने प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीले आफ्नो कार्यअवधिमा जनप्रतिनिधि एव कर्मचारीबाट पुर्ण सहयोग प्राप्त भएको बताउनु भयो। स्वागत गरिनुभएका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौधरीले शुद्दोधन गाउपालिकाको समग्र विकासको लागि जनप्रतिनिधि एव कर्मचारीहरुबाट आफुलाइ पुर्ण सहयोग प्राप्त हुने बिश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली ,शुद्दोधन गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिष्णु प्रसाद बस्याल ,वाड नम्बर ४ का वडा अध्यक्ष एवं प्रवक्ता राजेन्द्र कंडेल ,वाड नम्बर ६ का वडा अध्यक्ष जय शंकर पाठक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा नम्बर ३ का वडा सचिव अग्नि प्रसाद पौडेलले गर्नुभएको थियो ।