पार्बती आचार्य
कपिलवस्तु, भदौ ३० । कोरोना भाईरसका कारण जारी लकडाउनले पिडामा परेका होटल तथा रेस्टुरेन्टलाई असोज १ गते देखि संचालन गर्न दिनुपर्ने माग गर्दै होटल तथा रेस्टुरेन्ट ब्यवासयी संघ कपिलवस्तुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । ६ महिना लामो लकडाउनले ब्यवासयीहरु मारमा परेको भन्दै स्वास्थ्य मापदण्ड पुरा गरी होटल र रेस्टुरेन्टलाई सञ्चालन गर्न दिनुपर्ने माग गरिएको हो ।
संघको जिल्ला समिति र ६ वटा नगर कार्य समितिले प्रशासन कार्यालयमा संयुक्त ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन । उनीहरुले स्वास्थ्यका सबै मापदण्ड पुरा गरी सुरक्षितरुपमा ब्यवसाय संचालन गर्ने प्रतिबद्धता समेत जनाएका छन । संघका जिल्ला सभापति गोपाल बहादुर खत्री, उपाध्यक्ष रेशम ढकाल र कपिलस्तु नगरपालिका ईकाइका अध्यक्ष संदीप जैसवालले प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाउदै सो कुरा माग गरेका हुन ।
आफुहरुले होटल तथा रेस्टुरेन्टमा सामाजिक दुरी, अनिवार्य मास्क, लगायतका स्वास्थ्य मापदण्डहरु अपनाउने सामुहिक निर्णय गरेको अध्यक्ष खत्रीले बताए । ब्यवासयीहरुले ती मापदण्डको पालना गरे नगरेको हेर्नेछौ र आवश्यक परामर्श समेत दिने गरी कार्य योजना बनाईएको उनले बताए । होटल तथा रेस्टुरेन्टहरुको प्रशासनले नियमित अनुगमन र निरीक्षण गर्ने र पालना नगर्ने ब्यवसायीलाई कानुन अनुसार कारबाही गर्नु पर्ने उनले बताए ।
उपाध्यक्ष ढकालले लामो समय सम्मको लकडाउनले बैक रिण , घरभाडा लगायतका कारण चरम मारमा परेकोले ब्यवसायीहरुको माग सम्बोधन हुनेमा आफुहरु आशाबादी रहेको बताए । ज्ञापन पत्र बुझदै प्रजिअ दीर्घ नारायण पौडेलले बुधवार प्रशासन कार्यालयमा हुने बिपद ब्यवस्थापन समितिको र्बैठकमा यस बारे छलफल गरेर आवश्यक निर्णय लिने बताए ।
ज्ञापन पत्रको बोधार्थ जिल्लाका १० वटै पालिकालाई बुझाएका छन । संघको जिल्ला समिति र कपिलवस्तु, कृष्णगनर, शिवराज, महाराजगंज, बुद्धुभमी र बाणगंगा नगरपालिका कार्य समितिले बैठक बसी होटल संचालन गर्न दिनु पर्ने निर्णय गरेको थियो ।